मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार « Khabarhub

मधेश राज्यको राजनीतिक खेलको सिकार मात्रै भयो : सांसद परियार


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा जारी छैटौं जनकपुर साहित्य महोत्सवमा ‘राज्यको दृष्टिमा मधेश’ शीर्षकमा भएको छलफलमा प्रतिनिधिसभा सदस्य सन्तोष परियारले आफ्नो धारणा राख्दै मधेशको पहिचान, अधिकार र विकासको सवालमा गहिरो विचार राखेका छन् । कार्यक्रममा मधेशको मुद्दालाई केन्द्रीत गर्दै राज्यको नीतिगत पक्ष, राजनीतिक विभाजन, मधेशी समुदायको वास्तविकता र विकासका प्रयासहरूमा विशेष छलफल भएको थियो।

सांसद परियारले भने, ‘मधेशी समुदायको समस्या र संघर्ष नयाँ होइन । इतिहासका विभिन्न कालखण्डमा मधेशलाई राज्यले उपेक्षित गरेको छ । चाहे भूमि अधिकारको कुरा होस्, चाहे सामाजिक न्यायको, मधेश सदैव राज्यको राजनीतिक खेलको सिकार भएको छ ।’

उनले राज्यले मधेशलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकोमा गम्भीर चिन्ता व्यक्त गरे । 

‘राज्यले मधेशलाई विकासको अंगको रूपमा नभई मात्र राजनीतिक लाभका लागि मात्रै प्रयोग गर्ने क्षेत्रको रूपमा देखेको छ,’ परियारले थपे, ‘यो अवस्थामा परिवर्तन ल्याउनका लागि मधेशी नेताहरूको उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण छ ।’

मधेशको विकासको सवालमा सांसद परियारले विभिन्न सरकारी योजनाहरूको आलोचना गरे । 

‘विकासका लागि योजना बनाइन्छ । तर, ती योजनाहरू काठमाण्डौमा मात्र बसेर बनाइन्छन् । मधेशमा पुग्ने योजनाहरू कागजमा मात्र सिमित रहन्छन्,’ उनले भने, ‘मधेशी जनताको वास्तविक आवश्यकता के हो, त्यो थाहा पाउन सरकारका उच्च अधिकारीहरूले मधेशमा आएर प्रत्यक्ष बुझ्नुपर्ने हुन्छ ।’

सांसद परियारले मधेशको भूमि अधिकारको सवाललाई विशेष रूपमा उठाए । उनले भने, ‘मधेशमा धेरैजसो किसानहरू सुकुम्बासी अवस्थामा छन् । राज्यले उनीहरूको समस्या समाधान गर्न गम्भीर देखिएको छैन । उनीहरूको हक अधिकारका लागि ठोस नीतिहरू ल्याउन आवश्यक छ । अन्यथा मधेशको भूमि विवादले झन् गम्भीर रूप लिनेछ ।’

सामाजिक न्यायको सवालमा पनि उनले गहिरो विचार व्यक्त गरे । ‘मधेशी समुदायले सामाजिक न्यायको कुरा गर्दा राज्यले त्यसलाई विभिन्न बहानामा बेवास्ता गर्दै आएको छ । जातीय विभाजन, सामाजिक असमानता र लैङ्गिक विभेद मधेशको प्रमुख चुनौतीहरू हुन् । तर, यी चुनौतीहरू समाधान गर्न सरकारको चासो नै छैन,’ उनले भने ।

त्यस्तै, सत्रको क्रममा उनले मधेशी नेताहरूलाई समेत आक्षेप लगाए । ‘मधेशका नेताहरू पनि आफ्नो व्यक्तिगत स्वार्थमा फसेका छन् । मधेशी जनताको मुद्दालाई प्राथमिकतामा राख्नुभन्दा तिनीहरू आ–आफ्नो पद र शक्तिको खेलमा व्यस्त देखिन्छन्,’ परियारले स्पष्ट रूपमा भने, ‘यदि हामीले मधेशको भविष्य सुधार्न चाहन्छौं भने मधेशी नेताहरूले पहिलो कदम आफैँबाट सुरु गर्नुपर्छ । जनताको आवाज सुन्ने, उनीहरूको समस्यामा साथ दिने र राज्यसँग समुचित रूपमा प्रस्तुत गर्ने दायित्व नेताहरूको हो ।’

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ३ : २५ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन