'स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ' | Khabarhub Khabarhub

‘स्काउटले असल नागरिक निर्माणमा योगदान गरिरहेको छ’


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन्।

कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे।

मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद् एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा महत्वपूरर्ण रहेको स्मरण गर्दै समाज र राष्ट्रलाई सही बाटोमा लैजाने असल नागरिक उत्पादनका लागि प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए। उनले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझावसमेत दिए।

प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हनुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले विकास एवं अनुशासनमा स्काउटको महत्वमाथि चर्चा गरेका थिए ।

तीनदिने भेलामा प्रदेशका ६७ पालिका तथा विभिन्न विद्यालयका पाँच हजार विद्यार्थीहरूको सहभागिता रहेको छ । भेलाले बाढीपहिरो एवं विपद्का समयमा उद्धार, अनुसाशानलगायत स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ५ : ४८ बजे

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–८ मा ट्रकको ठक्करबाट एक जना

गर्मीमा परजीवीले फैल्याउने रोगको डर, सडेगलेका खान्की नखान सुझाव

तुलनात्मक रुपमा जाडो मौसम भन्दा गर्मी मौसम स्वास्थ्यका हिसाबले संवेदनशील

युक्रेन खनिजका भण्डार रूसको कब्जा क्षेत्रमा

काठमाडौं– अमेरिका र युक्रेन बिचमा युद्धग्रस्त क्षेत्रका केही प्राकृतिक स्रोतहरूमा

ऊर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको शपथ आज

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज

आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (कीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति