काठमाडौं – पाकिस्तानमा नाबालकलाई दुव्र्यवहार गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । नाबालकमाथि दुव्र्यवहार गरेको आरोपमा आजाद जम्मु कश्मीरको प्रहरी सेवामा हवल्दार पदमा रहेका एक जनालाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।
घटना मुजफ्फरावाद शहरबाट ३५ किलोमिटर टाढा रहेको देभलियान क्षेत्रमा भएको हो । सो क्षेत्रमा १२ देखि १३ वर्ष उमेर समूहका बालकमाथि शंकास्पद व्यवहार गरिरहेका बेला उनी पक्राउ परेका थिए ।
घटनाबारे अनुसन्धान गर्न र आरोपीमाथि आवश्यक विभागीय कारवाही गर्न प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ । पक्राउ परेका हवल्दारमाथि आजाद अपराध संहिताको धारा ३७७ को उपधारा ३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया