पाकिस्तानमा नाबालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ « Khabarhub

पाकिस्तानमा नाबालकलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा नाबालकलाई दुव्र्यवहार गरेको आरोपमा एक जना प्रहरी पक्राउ परेका छन् । नाबालकमाथि दुव्र्यवहार गरेको आरोपमा आजाद जम्मु कश्मीरको प्रहरी सेवामा हवल्दार पदमा रहेका एक जनालाई पक्राउ गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

घटना मुजफ्फरावाद शहरबाट ३५ किलोमिटर टाढा रहेको देभलियान क्षेत्रमा भएको हो । सो क्षेत्रमा १२ देखि १३ वर्ष उमेर समूहका बालकमाथि शंकास्पद व्यवहार गरिरहेका बेला उनी पक्राउ परेका थिए ।

घटनाबारे अनुसन्धान गर्न र आरोपीमाथि आवश्यक विभागीय कारवाही गर्न प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको जनाइएको छ । पक्राउ परेका हवल्दारमाथि आजाद अपराध संहिताको धारा ३७७ को उपधारा ३ बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ११ : ०७ बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण