भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट चल्ने रेल ल्याउँदै « Khabarhub

भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट चल्ने रेल ल्याउँदै


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले चाँडै हाइड्रोजन ऊर्जाबाट सञ्चालन हुने रेल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । भारतको रेल मन्त्रालयले हाइड्रोजन ऊर्जाबाट सञ्चालन हुने रेल सार्वजनिक गर्ने तयारी गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

ईटी नाउका अनुसार भारतमा आगामी मार्च महिनाको अन्त्यसम्ममा नयाँ हाइड्रोजन रेल सार्वजनिक हुनेछ । उक्त रेल चेन्नइमा रहेको इन्टेग्रल कोच फ्याक्ट्रीले उत्पादन गर्नेछ । आर्थिक वर्ष सन् २०२३–२४ का लागि भारत सरकारले हाइड्रोजनबाट चल्ने रेलको विकास गर्न २ हजार ८ सय करोड भारतीय रुपैयाँ खर्च गरेको थियो ।

भारतले हाइड्रोजनबाट चल्ने रेलको विकासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । अरु मुलुकले ५ सयदेखि ६ सय हर्सपावरका हाइड्रोजन इन्जिनको विकास गर्दा भारतले भने १२ सय हर्सपावरको इन्जिन निर्माण गरेको छ ।

नयाँ रेल नर्दन रेलवेको दिल्ली डिभिजनअन्तर्गत सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यो रेल ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा चल्ने छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १ : १० बजे

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण