कोशी र लुम्बिनीमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो | Khabarhub Khabarhub

आजको मौसम

कोशी र लुम्बिनीमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विशेष गरी बिहानीपख तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ६ बजेर ४६ मिनेट र सूर्यास्त साँझ ५ बजेर ५१ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ६ : १२ बजे

धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार

काभ्रे– धुलिखेल नगरपालिकाले सीपमूलक तालिमपछि रोजगारको अवसर प्रदान गर्न थालेपछि

खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा जारी आईसीसी यु– १९ विश्वकप क्रिकेट एसिया छनोट

एमालेको जरा अभियानमा ८० वर्षमाथिका ६८ ज्येष्ठ नागरिक सम्मानित

सुनसरी– नेकपा एमाले सुनसरीले आयोजना गरेको पार्टीको वडा केन्द्रित जरा

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका विद्यालय

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं– सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५९ महिनासम्मका