अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक « Khabarhub

अध्यादेश अड्किएपछि प्रधानमन्त्रीले बोलाए राजनीतिक संयन्त्रको बैठक


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुसमा जारी भएका ६ वटा अध्यादेश संसद्को माथिल्लो सदनमा बहुमत नपुग्दा रोकिएपछि विकल्पको खोजीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

सत्ता घटकमै रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेश पासका लागि साथ नदिने बताएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ‌ओलीले विकल्पको खोजीका लागि आइतबार साँझ बस्ने गरी संयन्त्रको बैठक बोलाएका हुन् ।

यो बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बताइएको छ । बैठकमा गत पुसमा जारी भएर माघ १८ गते संसद्मा पेस गर्न रोकिएका ६ वटा अध्यादेशको विषयमा रणनीति तय गरिने भएको छ ।

‘६ वटा अध्यादेशलाई लिएर राजनीतिक संयन्त्रले गहिरो अध्ययन गरेर ल्याउन सुझाव दिइसकेको छ। तर बाहिर अर्को प्रचार भयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘आइतबारको बैठकमा पनि अध्यादेशको गतिरोध, सरकारको कार्यशैली र गति तथा समसामयिक विषयमा छलफल हुन्छ ।’

सरकारलाई सफल र प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीले कांग्रेससँग ‘दुई दलीय राजनीतिक संयन्त्र’ निर्माण गरेका थिए ।

गत कात्तिक १५ गते बसेको कांग्रेस–एमालेको बैठकबाट प्रधानमन्त्रीले आफू र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक संयन्त्र बनाएका थिए ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् । त्यस्तै एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ०४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको