नेपाल समाजवादीको महाधिवेशन, बाबुरामले बोलाएनन् ठूला दललाई (तस्बिरहरू) | Khabarhub Khabarhub

नेपाल समाजवादीको महाधिवेशन, बाबुरामले बोलाएनन् ठूला दललाई (तस्बिरहरू)


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशन आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू भएको छ।

महाधिवेशनको उद्घाटन अध्यक्ष डा. बाबुरा भट्टराईले फूलमा पानी हालेर गरेका छन् । नेसपा (नयाँ शक्ति) को पहिलो महाधिवेशनको उद्घाटन सत्रमा बाबुरामले ठूला दलका नेतालाई भने निम्तो दिएनन्।

त्यहीकारण नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलका कुनै पनि नेता नेसपाको महाधिवेशनमा देखिएनन् ।

मञ्चमा अध्यक्ष भट्टराईसँगै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्यालसहित उपस्थित छन् ।

बाबुरामले महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीसहितका नेताहरूलाई नबोलाएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १ : ५० बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय