बाबुरामको निष्कर्ष- एमाले र माओवादीमा कुनै फरक छैन, दुवै भ्रष्टाचारको दलदलमा फसिसके « Khabarhub

बाबुरामको निष्कर्ष- एमाले र माओवादीमा कुनै फरक छैन, दुवै भ्रष्टाचारको दलदलमा फसिसके


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) को मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग उत्थानको दलदलमा फसिसकेको निष्कर्ष निकालेका छन् ।

आइतबार पार्टीको प्रथम महाधिवेशनमा पेश गरिएको राजनीतिक तथा संगठनात्मक प्रस्तावमा उनले बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माओवादीको मूल नेतृत्व भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानको दलदलमा फसेकाले एमाले र यसमा भिन्नता नरहेको बताएका हुन् ।

भट्टराईले प्रतिवेदनमा भनेका छन्, ‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन् तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्तिकेन्द्रहरूको दलाली र वर्ग–उत्थानीकरणको दलदलमा फसेको छ’, उनले भनेका छन्, ‘त्यसैले अब माओवादी र एमालेबीच कुनै तात्विक भिन्नता देखिँदैन।’

पटक–पटक सत्ताको नेतृत्व गरेर पनि माओवादी र एमालेले देशका गम्भीर संरचनात्मक समस्या समाधानको हल निकाल्न नसकेको भट्टराईले भनेका छन् ।

भनाइ र गराइमा कुनै तादात्म्य नरहनु, एमाले–माओवादीका नेता र उच्चतहका कार्यकर्ताहरू विभिन्न भ्रष्टाचार, अनियमिततामा मुछिनु आदिले जनताले कांग्रेस र कम्युनिस्टमा फरक नेदेखेको पनि बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ८ : ११ बजे

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।