थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा | Khabarhub Khabarhub

थ्रीस्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा – थ्रीस्टार क्लब २४औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै थ्रीस्टार अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा गोल नहुँदा टाइब्रेकरको सहारा लिनुपरेको थियो।

टाइब्रेकरमा मच्छिन्द्रका विशाल घलान र आदित्य शाक्यका प्रहार विफल हुँदा टोली पराजित भयो। घलानको प्रहार क्रसबारमा लाग्यो भने आदित्यको प्रहार थ्रीस्टारका सरिन जिसीले बचाए। मच्छिन्द्रका दिवाकर चौधरी र सनिश श्रेष्ठले गोल गरेका थिए भने थ्रीस्टारका दिपेश आले, एलेक्स, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे।

निर्धारित समयमा मच्छिन्द्रले थ्रीस्टारका गोलरक्षक अभिषेक बराललाई थुप्रैपटक चुनौती दिए। मनिष डाँगी, विमल घर्तीमगर र आन्द्रेस नियाले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। थ्रीस्टारका दिपेश घलेको प्रहार बारमा लागेर फर्किएको थियो।

थ्रीस्टारका प्रशिक्षक गणेश घिमिरेले पहिलो खेल भएकाले केही चुनौती आए पनि सेमिफाइनलमा सुधार गर्ने बताए। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नुपरेको बताए।

थ्रीस्टारले अब थन्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ। सोमबार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताका विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ८ : ४८ बजे

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ

इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल

तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १०

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम

झम्क तिमल्सिनाको दोस्रो उपन्यास `विमुक्ति´को लोकार्पण

काठमाडौं- आख्यानकार झम्क तिमल्सिनाको उपन्यास विमुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात