श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू | Khabarhub Khabarhub

श्रीलङ्कामा २५ लाख नरिवल रूख रोपण अभियान सुरू


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

कोलम्बो – श्रीलङ्काको नरिवल खेती बोर्डले सन् २०२५ मा २५ लाख नरिवलको रूख रोप्ने लक्ष्य राखेको छ ।

नरिवल खेती बोर्डका अध्यक्ष सुनिमल जयकोडीले खेती विस्तारको आधारशिला बनाउन फेब्रुअरी १७ गतेदेखि क्षेत्रीय नरिवल खेती समितिलाई पुनर्गठन गर्ने स्थानीय सञ्चारमाध्यमलाई बताए ।

“श्रीलङ्काको मुख्य नरिवल क्षेत्र नर्दन कोकोनट ट्राइङ्गलमा २५ लाख नरिवलको बिरुवा खेती गरिने लक्ष्य रहेको छ ।”

आधिकारिक तथ्याङ्क अनुसार श्रीलङ्काले हरेक वर्ष करिब तीन अर्ब नरिवल उत्पादन गर्ने गर्दथ्यो, तर पछिल्ला वर्षमा उक्त उत्पादन घटेर दुई अर्ब ८५ करोड पुगेको छ ।

मुख्यतया हेरचाह, मर्मतसम्भार र कीराको प्रकोपका कारण यो कमी आएको नरिवल विकास प्राधिकरणका अध्यक्ष शान्थ रणतुङ्गाले सञ्चारमाध्यमलाई बताए।

श्रीलङ्काको मन्त्रिपरिषद्ले भर्खरै नरिवल तेल उत्पादनको लागि २० करोड नरिवलको दाना र सुकेको नरिवलको टुक्रा आयात गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : २४ बजे

पशुपालनमा जलवायु परिवर्तनका असर

गण्डकी – गण्डकी प्रदेशमा जलवायु परिवर्तनका कारण पशुपालन क्षेत्रमा देखिएको

कथाकार वैरागीको ‘रित्तो हात’ लोकार्पित

काठमाडौं – कथाकार सुजन वैरागीको कथासङ्ग्रह ‘रित्तो हात’ लोकार्पण गरिएको

पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने

पर्सा – जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन

नासाले आफ्नो २० प्रतिशत कर्मचारी गुमाउन सक्ने

वासिङ्टन – अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमा र मङ्गल ग्रहमा

प्रजनन बीउबाट मूल बीउ उत्पादन गरिँदै

स्याङ्जा – वालिङ नगरपालिका–१ यवादीस्थित कृषि विकास स्रोत केन्द्रले प्रजनन