युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप « Khabarhub

युएसएडमा धेरै घोटाला भएको ट्रम्पको आरोप


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड)को नाममा धेरै घोटाला भएको आरोप लगाएका छन्।

फक्स न्युजसँगको अन्तरवार्ताको क्रममा उनले कुनै प्रभाव र आधार बिना धेरै रकम खर्च भइरहेको आरोप लगाएका हुन्। उनले विदेशमन्त्री मार्क रुबियोमार्फत केही सही स्थानमा खर्च गर्ने बताए।

ट्रम्पले आफूले चयन गरेको व्यक्ति सही भएको बताउँदै कुनै गलत कुरा स्वीकार गर्न नसक्ने बताएका छन्। उनले एलन मस्क महान् भएको बताउँदै उनीबाट ठुलो सहयोग पाएको दाबी गरेका छन्।

ट्रम्पले युएसएडका हजारौँ कर्मचारीलाई बिदामा राख्ने निर्णय गरे पनि अदालतले शुक्रबार नै त्यसमा रोक लगाइ सकेको छ।

युएसएडका २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन्।

अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ३८ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक