सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव | Khabarhub Khabarhub

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट ६ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।

देवीदह सामुदायिक वनभित्र पर्ने ६ हेक्टर क्षेत्रफलमा फैलिएको सिमसार क्षेत्रको संरक्षण र सम्वर्द्धनका लागि निरन्तर पहल गरे तापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।

‘यो दह धार्मिक तथा ऐतिहासिक हिसाबले प्रसिद्ध छ । मेला तथा चाडबाडमा मानिसहरूको घुइँचो लाग्ने गर्दछ । भक्तजनले भाकल गरे मनोकाङ्क्षा पुरा हुने तथा रोगव्याधी हटेर जाने जनविश्वास रहेको छ’, उनले भने, ‘तर बजेट नहुँदा संरक्षण हुन सकिरहेको छैन । बनेका कतिपय संरचनाहरू जीर्ण छन् भने कतिपय अधुरै छन् ।’

उनका अनुसार पोखरीमा ‘जलयात्रा’का लागि रहेका पाँच डुङ्गामध्ये दुई मात्रै सञ्चालनमा रहेका छन् ।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरि पोखरीको संरक्षणको लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत एक करोड ५९ लाख बजेट विनियोजन भएको अध्यक्ष यादवले बताए । उक्त रकमबाट पोखरी परिसरमा रामजानकी मन्दिर, खानेपानी व्यवस्थापन, लगायतका काम भएको उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डबाट २०७७ साल भदौ १ गते देवीदह पोखरीको संरक्षण र सौन्दर्यकरणको लागि पाँच करोड २२ लाखको योजना सम्झौता समेत भएको तर कार्यान्वयन हुन नसकेको अध्यक्ष यादवले जानकारी दिए । नगरले आफ्नो तर्फबाट बेहोर्नुपर्ने  ३० प्रतिशत उत्तरदायित्व बहन नगरेकाले आयोजनाले परिकल्पना गरेको लहानको खुट्टी खोलादेखी देवीदहसम्मको ६ किलोमिटर सडक कालोपत्र, पोखरी परिसरमा ‘पेभिलियन’ भ्यु टावर, स्वीमिङ  पुल लगायतका संरचना अघि बढ्न नसकेको उनको भनाई छ । वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीलाई धेरैपटक ताकेता गर्दा पनि कुनै सुनुवाइ हुन नसकेको उनले गुनासो गरे ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ०० बजे

दलहरूसँगको संवादपछि प्रधानमन्त्री कार्कीले के भनिन् ?

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न गराउन आआफ्नो तर्फबाट

प्रधानमन्त्रीसँग कांग्रेस, एमाले र माओवादीका नेताहरूले के भने ?

काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनबारे

सरकारको मुख्य उदेश्य नै निर्वाचन गराउनु हो : प्रधानमन्त्री कार्की

काठमाडौं – दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य उदेश्य

कांग्रेस नेता महतले भने: शान्ति सुरक्षा कायम रहे निर्वाचनमा सहभागी हुन्छौं

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले सरकारले

राजनीतिक दलहरुसँग प्रधानमन्त्रीले भनिन्: तोकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव