एमालेको नेतृत्वमा ओली रहेसम्म कम्युनिस्ट एकता सम्भव छैन : प्रचण्ड « Khabarhub

एमालेको नेतृत्वमा ओली रहेसम्म कम्युनिस्ट एकता सम्भव छैन : प्रचण्ड


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको नेतृत्वमा केपी ओली रहेको अवस्थामा नेपालमा कम्युनिस्ट पार्टीहरूको एकता सम्भव नरहेको बताएका छन् ।

सोमबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘चुनाव सँगै मिलेर लडेको हो र जनताले पनि हामीलाई साथ दिएको थियो । तर, एमालेको नेतृत्वमा केपी ओली रहेसम्म नेपालमा कम्युनिस्ट एकता सम्भव छैन ।’

अध्यक्ष प्रचण्डले आफु पार्टी विस्तारको अभियानमा रहेको र जनतासँगको नजिकको सापेक्षतामा काम गर्ने योजना बनाएको बताए ।

‘हामी कहिले कांग्रेससँग, कहिले अन्य पार्टीसँग मिल्दा उनीहरूको संस्कृति हामीमा पनि अंशतः सरेको जस्तो देखिन्छ । अब हामी फेरी शुद्ध भएर जनतासँग जानेछौँ ।’ सरकारको कमजोर अवस्था र दुई तिहाइ बहुमतको दाबीप्रति असहमत हुँदै प्रचण्डले भने, ‘दुई तिहाइको बहुमत भएको सरकारले अध्यादेश ल्याउनु हुँदैनथ्यो । ६ दिनपछि सदन बोलाउनुपर्ने भनेपछि अध्यादेश ल्याउनु भनेको यो सरकारको कमजोरीको संकेत हो । यो सरकार जनताको, राष्ट्रको र सुशासनको पक्षमा काम गर्नका लागि बनेकै छैन ।’

प्रचण्डले सरकारको असंवैधानिकता र लोकतन्त्र विरोधी प्रवृत्तिहरूको पनि आलोचना गरे। उनले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्रीको विश्वासको मत लिन असफल भएपछि ३ मा गएर ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्नेमा, त्यसलाई मिचेर अहिलेको सरकार बनाइएको भन्दै यसलाई असंवैधानिक भने ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ०६ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज