बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’ | Khabarhub Khabarhub

बाबुछोरीको कथामा चलचित्र ‘रङ्गी’


२८ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालकलाकार हुँदै अभिनय सुरू गरे अभिनेता सलोन बस्नेत अब निर्माता बनेका छन् ।

आज चलचित्र ‘रङ्गी’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता बस्नेतले सामाजिक सञ्जालमा भेटेको एक भिडियोले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको बताए ।

‘रङ्गी’ मा बुबाको सङ्घर्ष र त्यागलाई देखाइएको उनले जानकारी दिए। बुबाको अव्यक्त प्रेमलाई चलचित्रमा देख्न पाइने बस्नेतले बताए । निर्माताको रूपमा पहिलो चलचित्र भएकाले आफ्नो लागि यो सधँै खास रहने अभिनेता बस्नेतको भनाइ छ ।

“म चलचित्रकै माध्यमले चिनिएँ, बालकलाकारदेखि चलचित्र कर्ममै छु, मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ,”, अभिनेता बस्नेतले भने ।

यसै चलचित्रमार्फत सन् २०२२ कि मिस नेपाल नम्रता श्रेष्ठ अभिनयमा ‘डेब्यु’ गरेकी छन् । उनले आफ्नो बाल्यकालदेखि कै अभिनेत्री बन्ने सपना पूरा भएको बताए ।

चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल, सुमिन गुरुङलगायतले अभिनय गरेका छन् । यसै चलचित्रमार्फत सुरेश न्यौपानेले पनि निर्देशनमा डेब्यु गरेका हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा तयार भएको चलचित्रमा सुमन गजमेरको कथा, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम विसीको सङ्गीत छ भने बन्दे प्रसादले सम्पादन, राजेन्द्र मोक्तानले रङ्ग संयोजन, कविराज गहतराज र शिशिर खातीले नृत्य निर्देशन गरेका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ०७ बजे

मा‌ओवादी र रास्वपाको विरोधपछि संसद् १५ मिनेटलाई स्थगित

काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको

ट्रम्पको चेतावनीले गाजा युद्धविरामलाई थप जटिल बनाउँछ : हमास

एजेन्सी– सबै इजरायली बन्धकलाई तत्काल रिहा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड

उपसभामुख अलमलिँदा संसद्‍मा तनाव, विरोधमा उत्रिए विपक्षी दल

काठमाडौ- मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख इन्दिरा रानामगर अलमलिँदा तनाव

चीनले हिल्सामा बनायो मितेरी पुल, नेपालतर्फ किचलो सुरु

सुर्खेत – नेपाल र चीनको हुम्लास्थित सीमा नाका हिल्सामा चीनले

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न