नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै « Khabarhub

नेपाल–भारत उर्जा सचिव स्तरीय बैठक नयाँदिल्लीमा बस्दै


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत उर्जा सचिवस्तरीय बैठक आज भारतको राजधानी नयाँदिल्लीमा बस्दैछ ।

बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट समकक्षी पंकज अग्रवालले नेतृत्व गर्ने छन् ।

ऊर्जा मन्त्रालयका अनुसार बैठक नियमित भएको र विद्युत् उत्पादन र प्रसारणलाइनको विषयमा छलफल हुनेछ ।

बैठकमा दुई देशबीच प्रसारणलाइन, पञ्चेश्वर आयोजना, १० हजार मेगावाट विद्युत् निर्यातको विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

छलफलका क्रममा कैलालीको लम्की र सुनसरीको इनरुवाबाट भारतमा ४०० केभी प्रसारणलाइन जोड्ने विषयमा पनि कुराकानी हुने जनाइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ५३ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ