आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

आहा रारा गोल्डकप : आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच प्रतिस्पर्धा


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २४औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेल हुँदैछ । 

कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुने अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

थन्डरबोल्ट सङ्कटालाई हराएर तथा ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै खेल्न सेमिफाइनल खेल्न लागेका हुन् । 

यसअघि त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड, मछिन्द्रलाई हराउँदै थ्रीस्टार तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गदै नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । 

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ८ : १५ बजे

सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना : माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन,

बाढीपहिरो पीडितलाई स्थायी आवास निर्माण गर्न अनुदान वितरण

काभ्रेपलाञ्चोक– गत असोजको अविरल वर्षासँगै आएको बाढीपहिरोबाट पीडित भएका जिल्लाका

शिक्षकहरू २१ दिनदेखि सडकमै (तस्बिरहरू)

काठमाडौं– शिक्षा ऐनलगायत विभिन्न माग राख्दै आज २१ औँ दिनसम्म

भारतीय विद्युत् मन्त्री काठमाडौंमा

 काठमाडौं– भारतका विद्युत् र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर

चैते धान खेतीप्रति किसानको आकर्षण

कैलाली– भजनी नगरपालिकाका कृष्ण चौधरी विगत पाँच वर्षदेखि चैते धानखेती