दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी | Khabarhub Khabarhub

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका– ४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् ।

सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले नौ महिना अघि उद्योग सुरु गरेका हुन् ।

चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएका छन् । हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनको भनाइ छ ।

बजारमा दुनाटपरीको माग धेरै भएकाले तीन लाख ६० हजार रुपैयाँ पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए । उनले यसअघि दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेका थिए । त्यसबाट दैनिक विभिन्न पाँच प्रकारका पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने उनको लक्ष्य छ ।

नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ । यसबाट मजदुर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म मुनाफा हुने उनले जानकारी दिए । रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने हुँदा प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गरेको उनको अनुभव छ ।

जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताए ।

जितेन्द्रले सञ्चालन गरेको दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनको भनाइ छ ।

जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताए ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ५५ बजे

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरीको नियन्त्रणमा

कर्णाली– सुर्खेतको वीरेन्द्रनगरमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख भट्टराईले माइतीघरमा थाले सत्याग्रह

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई कपाल

‘कुलिङ अफ पिरियड’को संशोधन प्रस्तावमा भ्रम सिर्जना गरियो : सांसद अञ्जान शाक्य  

काठमाडौं– राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले  राष्ट्रियसभा विधेयकमा आफूले हालेको

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित