संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग « Khabarhub

संसदमा उठ्यो स्वर्गद्वारी आश्रमको विषय, मोही किसानलाई न्याय दिन माग


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको सांसद दीपक गिरीले स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूलाई यथाशीघ्र न्याय दिन माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार सुरु भएको बैठकको सुरुवात मै सभामुख देवराज घिमिरेसँग समय माग गरेर बोलेका दाङबाट संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस सांसद गिरीले मोही किसानसँग सरकारले यसअघि गरेको सहमति पनि स्मरण गराए ।     

उनका अनुसार २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो । जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानहरूको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानुन तर्जुमा प्रक्रिया सुरु गर्ने उल्लेख थियो । 

‘तर, सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका छन् । मोही किसानहरूलाई मोही पूर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकोले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ,’ सांसद गिरीले भने, ‘यो सम्मानित सदनमार्फत् वास्तविक मोही किसानको पक्षमा सहमति अनुसार सरकारले उनीहरूसँग यथाशीघ्र न्याय प्रदान गरोस् भन्ने कुरा प्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १ : २८ बजे

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति

बाघ र चितुवा अनुगमन गर्न क्यामरा जडान

चितवन– डिभिजन वन कार्यालय चितवनले मानव बस्ती र आसपासका क्षेत्रमा