पृतनापति समन्वयात्मक बैठक सम्पन्न « Khabarhub

पृतनापति समन्वयात्मक बैठक सम्पन्न


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली सेनाको तीन दिने पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

गत शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुभारम्भ भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक सोमाबार समापन भएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त समन्वयात्मक बैठकको समापन गरेका हुन् ।

समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गरेका थिए ।

बैठकमा नेपाली सेनाका विविध कार्यहरुको प्रगति समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो । समापनको क्रममा प्रधानसेनापति थापाले नेपाली सेनाको दीर्घकालीन सांगठनिक सुदृढिकरण र विकासका योजनाहरुको सफल कार्यान्वयन गर्न तथा संस्थाभित्र भएका सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न आग्रह गरे ।

उनले नेपाली सेनालाई आफ्नो दायित्वप्रति उत्तरदायी हुनुको साथै नागरिक-सैनिक सम्बन्धलाई परिणाममुखी बनाउन आग्रह गरे । उनले स्थानीय आवश्यकताहरुलाई मध्यनजर गरी जनहितका कार्यहरु सञ्‍चालन तथा अनुगमन गर्न सबै पृतनापतिहरुलाई पहल कदमी लिन निर्देशन दिएका थिए ।

नियमित रुपमा सञ्चालन हुने यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउन थप सहयोग पुगेको विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ८ : ५७ बजे

उपराष्ट्रपतिद्वारा बङ्गलादेशको नयाँ सरकारलाई शुभकामना, सहकार्य सुदृढ हुने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो. शफिकुर

सभापतिको भूमिकामा फर्किँदै गगन, मंगलबार केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मंगलबार बस्ने केन्द्रीय कार्यसमितिको

‘राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार’का लागि आवदेन खुला

काठमाडौं – राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कारका लागि आवेदन खुला

धावन मार्गमा विमान र एम्बुलेन्स ठोक्किँदा दुईजना पाइलटको मृत्यु

क्यानाडा– एयर क्यानाडाको जहाज विमानस्थलको रनवेमा दमकल र गाडीसँग ठोक्किँदा

निर्वाचन परिणामबारे आत्मसमीक्षा गर्न योगेश भट्टराईको आह्वान

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले हालै सम्पन्न प्रतिनिधिसभा