एलोन मस्कले च्याटजिपीटी बेच्न भनेपछि अल्टम्यानले भने, ‘म ट्विटर किन्छु’ « Khabarhub

एलोन मस्कले च्याटजिपीटी बेच्न भनेपछि अल्टम्यानले भने, ‘म ट्विटर किन्छु’


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क– अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच सामाजिक सञ्जालमा युद्ध सुरु भएको छ ।

दुवैले एक अर्काको कम्पनी किन्न प्रस्ताव गरेका छन् । पहिला मस्कले भने कि उनी ओपनएआई किन्न तयार छन्। जवाफमा अल्टम्यानले पनि यो प्रस्ताव अस्वीकार गरे र ट्विटर किन्न प्रस्ताव गरेका छन् । यो पुरा मामिला के हो ? आउनुहोस्, जान्नुहोस् ।

च्याट जिपिटी निर्माता ओपन आइ सन् २०१५ मा मस्क र अल्टम्यानले सँगै सुरु गरेका थिए। मस्क सन् २०१८ मा यस कम्पनीबाट अलग भएका थिए ।

अहिले केही समय अघि मस्कले ओपनएआई र अल्टम्यानविरुद्ध धेरै मुद्दा दायर गरेका पनि छन् । सुरुमा गैर नाफामुलक भनेर राख्ने भनिए पनि कम्पनी अहिले आफ्नो मौलिक बाटोबाट हटेर एआई उपकरणबाट नाफा कमाउनेतर्फ अघि बढेको मस्कको आरोप छ ।

मस्कले आफ्नो कम्पनी एक्स एआइ केही अन्य लगानीकर्ता फर्महरूसँग ओपनएआईलाई १०० अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। मस्कले भने कि उनी यसलाई गैर लाभकारी अनुसन्धान प्रयोगशालामा रूपान्तरण गर्न चाहन्छन् ।

मस्कका वकिलले पनि यसको पुष्टि गरेका छन् । मस्कले अब ओपनएआईलाई ओपन सोर्सतर्फ लैजाने समय आएको बताएका हुन । यसले सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ र उनीहरूले त्यसो गरिरहने छन्।

मस्कको प्रस्तावलाई अस्वीकार गर्दै अल्टम्यानले उल्टै मस्कको ट्विटर किन्न प्रस्ताव गरेका छन्। उनले लेखेका छन् कि यदि मस्कले चाहान्छन भने उसले ट्विटरलाई ९.७४ बिलियनमा किन्न सक्छन् ।

जबकी, मस्कले २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए र त्यसपछि मस्कले वास्तविक मूल्यभन्दा धेरै गुणा बढीमा यो सम्झौता गरेको भनिएको थियो । न्युजकारखानाबाट

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : ११ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान