पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री « Khabarhub

पाथीभरा–मुक्कुमलुङ केवलकार विवाद वार्ताबाट समाधान गरिने छ : गृहमन्त्री


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माणबारेको विवाद समाधान गर्न गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका छन् ।

उनले मंगलबार एक्स (ट्विटर)मार्फत् विवाद समाधान गर्न गृह मन्त्रालयद्वारा गठित समितिले वार्तालाई निरन्तरता दिने बताएका हुन् । 

‘पाथीभरा–मुक्कुमलुङ केवलकार निर्माण बारेको विवाद शान्तिपूर्ण रूपमा सहमति गर्न नेपाल सरकार गृह मन्त्रालयबाट गठित समितिले वार्तालाई निरन्तरता दिनेछ,’ गृहमन्त्री लेखकले लेखेका छन् । 

गृहमन्त्री लेखकले वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह पनि गरेका छन् । 

‘वार्ता र सहमतिबाट समस्या समाधान गर्न र स्थानीयका गुनासा सुनी सम्बोधन गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  २ : १८ बजे

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ ।