एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’ « Khabarhub

एमाले सांसद रेखालाई मुद्दा नचलाएपछि बालेनले घरेलु श्रमिक किशोरीलाई भने, ‘सरी नानु’


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना किशोरीलाई घरेलु कामदार बनाई बालबालिकाविरुद्धको कसुर लागेकी नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई मुद्दा नचलाउने निर्णयपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साले ‘बालेन’ले विरोध जनाएका छन् ।

एमालेकी लुम्बिनी प्रदेश सांसद शर्माविरुद्ध सरकारले मुद्दा नचलाउने निर्णय गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत् ती किशोरीलाई सम्बोधन गर्दै कु-कर्म गर्नेलाई तह लगाउन समय आउने बताए । उनले ती किशोरीसँग फेसबुकमै ‘सरी नानु’ भनेर माफ पनि मागेका छन् ।

‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ’, उनले भनेका छन्, ‘समाज बुझ्नु पर्छ । तिम्रा पीडककाविरूद्ध मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु, समय आउनेछ ।’

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले २०८१ माघ १ गते नै शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।

दाङबाट निर्वाचित प्रदेश सांसद शर्माले १४ वर्षीया किशोरीलाई ८ वर्षदेखि घरेलु कामदारका रूपमा राख्दै आएकी थिइन् । ती किशोरीलाई यातना दिइएको जानकारी पाएपछि काठमाडौं महानगरले उद्धार गरेको थियो ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ५ : ४३ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले