गाली रोपेर ताली कहाँ फल्छ ‘केपी बा’ ? | Khabarhub Khabarhub

गाली रोपेर ताली कहाँ फल्छ ‘केपी बा’ ?

ओली-देउवा- दाहालको दोहन थेग्न हम्मे



सम्राट अलेक्जेण्डर विश्व विजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो। आफ्नो व्यथाबारे वैद्यसँग भने- ‘शायद, मेरो अन्त्यकाल आयो। तर म मर्न चाहन्न। त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन सकूँ।’

वैद्यले कुनै झर्नाको नाम लिएर त्यो झर्नाको पानी पिउन सल्लाह दियो। अलेक्जेण्डर तुरुन्तै त्यो झर्नातर्फ लागे। झर्नामा पुगेर पानी पिउन झुकेका मात्र के थिए, त्यहीबेला एउटा वृद्ध प्रकट भएर पानी पिउन रोक्दै भन्छन्- ‘आजभन्दा तीन हजार वर्षअघि मैले पनि तिमीले जस्तै धेरै देशमाथि आफ्नो आधिपत्य जमाएको थिएँ। अनि अन्त्यमा बाँच्ने भोक जाग्दा यसै झर्नाको पानी पिएर अजम्बरी समेत भएँ। तर समय बित्दै जाँदा बुढो र कमजोर भएपछि मैले जितेका देशहरु मेरा विरुद्ध लागे। परिणामस्वरुप म जंगल र गुफाहरुमा लुकेर ज्यान बचाउन बाध्य भएँ। आज मेरो यस्तो दुर्दशा भएको छ, मैले जुन देश जितें, त्यो देशका जनता मलाई त्रूmर आक्रमणकारी ठानेर थुक्छन्।’ यति भन्दै सुस्केरा हानेर बुढाले थप्यो-‘यदि अब पनि तिमी यो पानी पिएर अमरत्व प्राप्तिको मोह राख्छौ भने पिऊ, अघाउन्जेल पिऊ।’

बृद्धिको कुरा सुनेपछि अलेक्जेण्डर आफ्नो निर्णयबाट पछि हटे। अबको एक दशकभित्र अमेरिकाको राजधानी मंगलग्रहमा सरेको समाचार आयो भने आश्चर्य नमाने हुन्छ। आलोचकले ‘बहुला’सम्म भन्न भ्याएका ट्रम्पले शपथ लिनासाथ अवैध आप्रवासीलाई ‘तुरुङ’ शैलीमा सैनिक विमानमार्फत सम्बन्धित देश झार्न थाले। नेपाल, ताईवान र थाइल्याण्डमा मात्र विवाहको वैधता पाएको तेस्रो लिङ्गीको जरै उखेले। यूएसएडका हाँगाबिँगा संसारबाटै छिमलेर वित्तीय अनुशासनको मार्गमा देशलाई ल्याउने महाअभियान थाले। मुलुकको कार्यकारी निकायमा चालीसे उमेरका ध्यानशास्त्री, वैज्ञानिक, सैनिक, खुफियाका महारथी भित्र्याएर अमेरिकी प्रशासनलाई सलाद रुप दिने छनक दिए।

अबको एक दशकभित्र अमेरिकाको राजधानी मंगलग्रहमा सरेको समाचार आयो भने आश्चर्य नमाने हुन्छ। आलोचकले ‘बहुला’सम्म भन्न भ्याएका ट्रम्पले शपथ लिनासाथ अवैध आप्रवासीलाई ‘तुरुङ’ शैलीमा सैनिक विमानमार्फत सम्बन्धित देश झार्न थाले।

संयोग कस्तो प-यो भने दोस्रो विश्वयुद्ध समाप्त भएको एक वर्षपछि सन् १९४६ मा एक महिनाको अन्तरमा जन्मिएका जुनियर जर्ज डब्लु बुस, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प कुनै न कुनै विशेषताका कारण विश्व चर्चित छन्। ट्रम्पले राम्रो नराम्रो गरे, गर्लान त्यो अलग विश्लेषणको पाटो हो। तर देश बनाउने म्याण्डेट लिएर आएको अधिकार प्राप्त राजनीतिज्ञले सफलतामा श्रीपेचको आस, विफलतामा चपरीमुनिका बाससम्मका लागि तयार हुनुपर्छ। त्यसैले सपथ लिने क्रममा उनले पटक पटक जन्मिएको माटो, ईश्वर र जनताप्रति इमान्दार बन्ने संकल्प दोहो-याए।

हाम्रो देशका हेडसर केपी ओली संसदको तागतअनुसार ट्रम्पभन्दा कम शक्तिशाली छैनन्। तर शपथ ग्रहणदेखि नै बेइमानी शुरु भयो। ईश्वरका नाममा शपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै अघेल्याईं आरम्भ गरे। सुकर्मीका लागि भगवान साहस हो भने कुकर्मीका लागि डर हो। रातो किताबको ह्याङओभर, एक खिली बिँडी तीन जनाले तान्नु पर्ने विगत, स्टीलको गिलासमा मदिरा खाने पाखण्डबाट आरम्भ उनको राजनीतिक प्रवृत्ति मुलुकको कार्यकारी मुखिया हुँदासम्म नाटकीय नै लाग्छ।

खुसी हुनु र देखिनुमा कति फरक छ भन्ने जाँच्न ओली, देउवा, दाहाल र राजा ज्ञानेन्दको जीवनशैली हेरे स्पष्ट हुन्छ। उमेरले समवयी यी मध्ये ज्ञानेन्द्र ट्रक जत्रो गाडी आफैँ हाँकेर यहाँबाट सपत्नी झापा पुग्छन्। ओली, देउवा, दाहाल सिँढी उक्लिनेदेखि औषधी छान्न समेत सरकारी सिपाहीमा भर पर्छन्। ओखतीको रुटिन नमिल्दा ओलीका लागि एक रातको अन्यत्र बास सम्भव छैन्। बुढ्यौलीका कारण देउवाको प्रत्येक पाइला असन्तुलित देखिन थालेको छ। दाहाल राजनीतिक प्रहार प्रतिरक्षा गर्न आफ्नो आधा परिवार अर्को लोकमा र आधा यता रहेको भन्दै भावुक बन्ने गर्छन्। सम्माननीय पदमा आसिनको प्रकृति, उमेर हेर्दा ती ठाउँ अघोषित डिलक्स अस्पताल भन्दा फरक लाग्दैनन्।

ओखतीको रुटिन नमिल्दा ओलीका लागि एक रातको अन्यत्र बास सम्भव छैन्। बुढ्यौलीका कारण देउवाको प्रत्येक पाइला असन्तुलित देखिन थालेको छ। दाहाल राजनीतिक प्रहार प्रतिरक्षा गर्न आफ्नो आधा परिवार अर्को लोकमा र आधा यता रहेको भन्दै भावुक बन्ने गर्छन्।

विगत, वर्तमानले भन्छ- ओली कुतर्कका बादशाह हुन्। पैसा समेत नबिकेको कोभिड महामारीमा जनता एकमुठी सासका लागि आर्तनाद गरिरहँदा बेसारको फाँकी हाल्न सल्लाह दिने यिनै हुन्। प्रधानमन्त्रीको कुर्सीमा बसेर त्यस्तो फन्टुस गफ गर्ने ओलीको त्यो चरित्र अद्यावधि कायमै छ। आधारातमा मानिस बोलाएर आफ्ना बोक्ने, शत्रु ठोक्ने अभ्यास चलिरहेकै छ। सरकारको राप, ताप आफ्ना पोस्न र पराइ खोस्न प्रयोग भइरहेकै छ। अमेरिकी कार्यकारी एलन मस्कसँग कुम जोडेर मंगलग्रहमा राजधानी सार्ने रोडम्यापमा छन् भने यताका कार्यकारी व्यापारीसँगको असुली धन्दालाई संस्थागत गर्ने अभ्यासमा छन्।

ओलीले त्यो पदमा बसेर एक रुपियाँको ठट्टा गरे भने राज्यले तीन करोड त्याग गर्नुपर्छ। चुचे रेल, पानीजहाजको लहडले वर्षौंदेखि करोडौंको कहर जनताको टाउको थुप्रेको थुप्रै छ। १७ खर्बको बजेट बन्दा १० खर्ब ऋण र ब्याज तिर्नमै खर्च हुन्छ। नैतिक धरातल यति कमजोर बन्दै गएको छ कि पहिलोपल्ट मन्त्री हुँदा जन्मिएका बालेनको अपमानले ओलीलाई लुलो बनाउँदै लगेको छ। माने पनि नमाने पनि बालेन त्यो प्राणी हो, जसलाई देशभरिकै तीनपुस्ताले गौरवसाथ नाम लिन्छ।

प्रधानमन्त्री भएर गर्नुपर्ने के हो ? त्यो पदबाट हट्दा बल्ल थाहा हुन्छ। राज्यका पचास बढी स्थानमा प्रधानमन्त्रीको भूमिका रहन्छ। सम्पति शुद्धिकरणको दफा देखाएर कुम्ल्याउने र बाघ संरक्षण समितिको अध्यक्ष भएर निर्दोष बाघ डाँडा कटाउनेसम्म प्रधानमन्त्रीमा कटाक्षमा पर्ने विषय बनेका छन्।

प्रधानमन्त्री भएर गर्नुपर्ने के हो ? त्यो पदबाट हट्दा बल्ल थाहा हुन्छ। राज्यका पचास बढी स्थानमा प्रधानमन्त्रीको भूमिका रहन्छ। सम्पति शुद्धिकरणको दफा देखाएर कुम्ल्याउने र बाघ संरक्षण समितिको अध्यक्ष भएर निर्दोष बाघ डाँडा कटाउनेसम्म प्रधानमन्त्रीमा कटाक्षमा पर्ने विषय बनेका छन्।

कति बालक जन्मिए ? कति कुपोषित छन् ? कति जनता उपचारको अभावमा मरे ? कति भीरबाट गुल्टिए ? अस्पतालको बेडमा पुगेर पैसाको अभावमा कति दैवको प्यारा भए ? एक गिलास शुद्ध पानी कसरी दिने ? भन्सारको अँध्यारो ढाटमा जनतालाई कुटानी, पिसानी, तेलानी बनाएर जम्मा गरेको राज्यकोषको परिभाषा बद्लेर उत्पादनमुखी कसरी बनाउने ? आईफोन लाखौं सेट भित्रिरहँदा गाईगोठ किन रित्तिदैछन् ? मलामी आउट सोर्समा खोज्नुपर्ने अवस्था किन निम्तिदैछ ? मतदाता बस्ने गाउँ बाँदरराज किन बन्दैछ ? मान्छे नबस्ने गाउँमा विकास लैजाने होडको विकल्प के हो ? विदेशिएका सन्तानले घरबास बेचेर अरबौं तार्दै आएको अवस्था कसरी रोक्ने ? यी सामान्य प्रश्नको उत्तर खोज्ने प्रयास छैन्। स्वार्थ प्रेरित थोरै द्वारपाल उचालेर कथित ‘राष्ट्रिय बा’को आत्मरतिमा रमाउने चरित्रले ओलीको कलेजो ठण्डा त होला, जनताले पाउने धोका नै हो।

तपाईंहरु फगतः राजनीतिक जागिरे हो। न विचार छ, न भिजन छ, न अध्ययन छ, न संकल्प छ। राजश्व, देवश्व, ब्रम्हश्वदेखि जताततैको कमिशन बुझेको छ। सरकार ढाल्दा बनाउँदा होस् या ढाल्दा एउटा संदीग्ध व्यापारीका घरमा तामोतुलसो साटेको छ। एउटा नौटंकी नालायक राष्ट्रनायक बन्दा के हुँदा रहेछ भन्ने प्रमाण टीसर्टमा प्रकट हुने युक्रेनी भ्लादोमिर जेलेन्स्की हुन्। शक्तिशाली देशको राडारभित्र रहँदा सुन्दर देश चिहानघारी बन्यो। त्यहाँको राजनीतिक अस्थिपञ्जर जस्तै बन्यो।

देशको राजनीतिक गुत्थी कहाँ छ भनेर बुझ्न प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसदमा गरेको भाषण पर्याप्त छ। उनले गरेको लिखित भाषणका अधिकांश विषय जनताका जनजीविकासँग सम्बन्धित छैनन्। बरु हाईड्रोपावरको ठेक्कापट्टा, शेयर बजार, सहकारी, राजनीतिक नियुक्ति, फाइलभित्रको चलखेलका विषय छन्। यी एजेण्डा हाल नेपालमा चल्तीका असुली अखडा हुन्। असुलीको प्रतिशत ओली र देउवालाई मात्र नबुझाउन दाहालले ‘सुप्रिमो’ शैलीमा सरोकारवालालाई सचेत गराएका हुन्। सामाजिक सञ्जाल र समाचारमा आएका सस्ता विषय अन्ततः सत्य प्रमाणित हुनु नेपालीको दुर्भाग्य हो।

अन्यत्रबाट घुयँत्रोमा परेका सचिव राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालयमा पठाइन्छ। त्यस्तो व्यक्तिले कुन मनोबल राखेर काम गर्छ। सुशासनको नारा यहीँ खरानी हुन्छ। प्रधानमन्त्रीलाई आफ्नो कार्यालयका कसले के काम गर्छ थाहा हुँदैन्। सरकार भनेको साइरन, सिपाहीको चाकरी र चण्डमुण्ड घेराबन्दी नभएर तीन करोड जनताको व्यवस्थापक हो भन्ने सत्यसंग कुनै कार्यकारीले परिचित हुने जाँगर चलाएनन।

मन्दिरमा नभएर शौचालय खर्च बढाउन आवश्यक छ। शौचालय बन्यो भने हिन्दु, क्रिश्चियन, बौद्धमार्गी, मुसलमान सबै खुसी हुन्छन्। कांग्रेस, कम्युनिष्ट र माओवादी बनाउनुअघि खुसी मानिस उत्पादन गर्न आवश्यक छ। मान्छे खुसी भयो भने उसले जे पनि आर्जन गर्न सक्छ। चटके हैन, चाणक्यजस्तै आफ्नो आदर्शका लागि निर्मम बन्नुस् बा।

प्रमुख पदमा रहेकाहरुले निद्रा मारेर रातभर चलखेल नगरिदिए देशलाई ठूलो गुन लाग्छ। भगवानको भक्ति जहाँ बसेर गरे पनि हुन्छ, त्यसैले मन्दिरमा नभएर शौचालय खर्च बढाउन आवश्यक छ। शौचालय बन्यो भने हिन्दु, क्रिश्चियन, बौद्धमार्गी, मुसलमान सबै खुसी हुन्छन्। कांग्रेस, कम्युनिष्ट र माओवादी बनाउनुअघि खुसी मानिस उत्पादन गर्न आवश्यक छ। मान्छे खुसी भयो भने उसले जे पनि आर्जन गर्न सक्छ। चटके हैन, चाणक्यजस्तै आफ्नो आदर्शका लागि निर्मम बन्नुस् बा। घोत्लिएर गम्नुस् त तपाईंहरुले राजनीति गर्दा अहिलेका समकालीन विश्व नेता कहाँ थिए ?

सत्य सिकाउन तपाईं नै किन चाहियो र ? एउटा माहुरी नामको किरा नै काफी छ। थाहा होला नि माहुरी कहिल्यै सुत्दैन्। ४५ दिनको आयु लिएर आएको यसले एक चम्चा मह जम्मा गर्न लाखौं किलोमिटरको दुरी पार गर्छ। उसले एक किलो मह बनाउन चालीस लाख फूल चाहार्नु पर्छ। रानो माहुरीले लाखौं अण्डा बनाउँछ। अनगिन्ती कर्मी माहुरीको व्यवस्थापन गर्छ। यसले उत्पादन गर्ने मह कहिल्यै बिग्रिदैन। रेसम किरो मान्छेको आङमा कपडा दिएर अमर बन्छ।

भारतका सुविख्यात वैज्ञानिक अब्दुल जे कालाम भारतको राष्ट्रपति भए। मुसलमान समुदायका उनको सितारमा रामधून बजाए प्रातकालिन दैनिकी शुरु हुन्थ्यो। उनले सम्पत्तिका नाममा किताब, किताब अनि फेरि किताब मात्र जोडे। आफ्ना नाममा आएका सम्पूर्ण उपहार राज्यलाई सुम्पिए। आफूले सुविधामा पाएका राष्ट्रपति भवनका दर्जनौं कोठा ओगटेनन, बरु दुईवटा कोठामा सीमित गरी साद्गी जीवनको उत्कर्ष नमूना पेश गरे। संसारमा पद हैन, मान्छे इमान्दार हुने हो।

मन, ओठ वा मनमस्तिष्क के बाट मान्छेको विचार निसृत हुन्छ, उसको धरातल पनि त्यसैबाट निर्धारित हुन्छ। बोलीमा इमान्दारी र काँधमा जिम्मेवारी लिएको मानिसका लागि वर्तमान सर्वस्व हो। न उ अनिश्चित भविष्यको वायुपंखी घोडामा रमाउँछ, न विगतको विषाद सम्झिएर पश्चातापको पोखरीमा पौडी खेल्छ। बरु महाभारत पात्र अर्जुनजस्तै रुखको हाँगामा झुण्डयाइएको चराको आँखा मात्र देख्छ र लक्ष्यप्राप्तिमा अघि बढ्छ। यस्ता मानिसले एण्डरसनको जस्तो आयु थप्न भौंतारिनु पर्दैन। न त यस्ता मानिसले स्वर्गको ढोका खोल्न जीवनको अन्त्य नै पर्खिनुपर्छ।

मन, ओठ वा मनमस्तिष्क के बाट मान्छेको विचार निसृत हुन्छ, उसको धरातल पनि त्यसैबाट निर्धारित हुन्छ। बोलीमा इमान्दारी र काँधमा जिम्मेवारी लिएको मानिसका लागि वर्तमान सर्वस्व हो।

नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै पनि विधि तथा शास्त्रले दिन नसक्ला। तर व्यक्तित्वको निर्माण हुन उ भित्रको मानव धर्मको दीयो कहिल्यै निभ्नु हुन्न भन्नेमा दुईमत छैन। संसारमा कसैले नयाँ गर्ने होइन। नयाँ माटो आविष्कार गरेर खेती गर्ने होइन्। भगवान शिवलाई खुसी पारेर हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झार्ने होइन्। हिन्दी फिल्मको हिरो झैं असम्भव पुरुषार्थ देखाउने पनि होइन्। काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो। राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु नै सुशासन हो। दुख कहिले पो थिएन ? चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन र ? होइन, सृष्टिको शुरुवातबाट नै मानिस यस्ता कुकर्मबाट प्रताडित छ। मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउने तर्फ केन्द्रित हुनुपर्छ। गाई परापूर्व कालदेखिनै घाँस खान्थ्यो। बाघ अहिले आएर मांसहारी भएको होइन्। लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसेर भाग्न सिकाएको होइन्।

मान्छेले बाँदरलाई दिने त्यही चकचके उपनामले नै त प्राकृतिक चक्र चलेको छ। जहाँ बाँदरले चाहिने भन्दा बढी तुलफूल झार्छ , त्यो खान मृग हाजिर हुन्छ। जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब पत्तै नपाई चितुवाको आहार भइसकेको हुन्छ। हात्ती स्वभावतः भीमकाय हुन्छ। उसको पाइलाले लाखौं साना जीवनजन्तु मरिरहेका हुन्छन्। अब कमिला, पानीमुनिका माछा, गँड्यौला, फट्याङ्ग्राको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प ग-यो भने के हुन्छ ?

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : ४४ बजे

इरानमा चिसो बढेपछि विद्यालय र सरकारी कार्यालय बन्द

एजेन्सी – इरानले तेहरान र उसका ३१ मध्ये २० भन्दा

सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्रीलाई पोल्ट्री व्यवसायीको ज्ञापनपत्र

चितवन– यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग

पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको रुघाचौर

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पर्ने रुघाचौर पर्यटक र पूर्वाधारको

माधवनारायणको पूजासँगै एक महिने स्वस्थानी व्रत समापन  

काठमाडौं– माघ शुक्ल पूर्णिमाका दिन बुधबार एक महिना लामो स्वस्थानी

आईजीपीलाई गृहमन्त्रीको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र