५५ वर्षीया महिलाको शव नग्न अवस्थामा भेटियो « Khabarhub

५५ वर्षीया महिलाको शव नग्न अवस्थामा भेटियो


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमक– झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मंगलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए। 

सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो । 

गङ्गाकुमारीका श्रीमान भारतमै बस्दै आएका वडाध्यक्ष आङ्गबोले बताए। घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ३९ बजे

लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुनामा रहेको देउरालीपाखा सामुदायिक वनलाई सङ्कटापन्न पन्छी

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

एजेन्सी – दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको

शिवं सिमेन्टद्वारा छात्रालक्षित छात्रवृत्ति प्रदान

काठमाडौं– सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई  हेटौँडामा रहेको शिवं सिमेन्ट लिमिटेडले

मध्यपहाडी लोकमार्ग बनाउन माग गर्दै प्रदर्शन

सुन्दरबजार– पुष्पलाल मध्यपहाडी लोकमार्ग अविलम्ब बनाउनुपर्ने माग गर्दै दबाबस्वरूप आज

भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम चाल्ने छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्ध सरकारले जुनसुकै हदसम्मको कठोर कदम