जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा « Khabarhub

जुम्लाको सिंजा, रुकुमपश्चिमको चौरजहारी र कालीकोटको पलाताँमा ‘जनयुद्ध दिवस’को विदा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– माओवादी जनयुद्ध दिवसको अवसरमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले सार्वजनिक विदा दिने भएका छन् । जनयुद्ध दिवसको अवसरमा भोली फागुन १ गते उनीहरुले विदा दिन लागेका हुन् । 
 
सिंजा गाउँपालिकाको कार्यपालिकाको मिति २०८१ माघ २९ गतेको निर्णयअनुसार फाल्गुन १ गते जनयुद्ध दिवसको सार्वजनिक विदा गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले ऐतिहासिक जनयुद्धको स्मरण गर्दै युद्धका क्रममा यस चौरजहारी नगरपालिका क्षेत्रका ५५ जना योद्धाले सहादतसमेत प्राप्त गरेकोले सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका फागुन १ गते यस चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक विदा दिइएको जनाएको छ । 

त्यसैगरी, कालीकोटको महावै गाउँपालिका, शुभकालिका गाउँपालिकाले र रास्कोट नगरपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्न लागेका छन् ।

त्यस्तै, कालीकोटको पलाताँ गाउँपालिकाले पनि विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०८ बजे

इरानसँगको वार्ताप्रति ट्रम्प असन्तुष्ट, सम्झौता नभए पुनः सैन्य आक्रमण गर्ने चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको सम्झौताका सर्तप्रति

वैभवको छक्का वर्षा : हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७

बकर इद मनाइँदै : आज सार्वजनिक बिदा

काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – २०८३ साल १३ गते बिहीबार अधिक जेठ शुक्ल