ग्यास उद्योगीको आन्दोलन स्थगन | Khabarhub Khabarhub

ग्यास उद्योगीको आन्दोलन स्थगन


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो ।

उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलमा सङ्घले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ ।

सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र सङ्घका पदाधिकारीलाई छलफलका लागि बोलाएका थिए । उनले सङ्घले राखेकामध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिए । 

सङ्घले लागतअनुसार बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । सङ्घले छ वर्षअघि समायोजन गरिएको मूल्यमा अहिले पनि ग्यास वितरण भइरहेकाले घाटा बेहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राख्दै आएको छ ।

मन्त्रालयले केही समय पहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले सङ्घको आन्दोलन १५ दिनका लागि स्थगित गरिएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए। 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ०३ बजे

मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै

बाँके– मुसलमान समुदायले आज मोहर्रम पर्व मनाउँदै छन् । पर्वको

धरती र जीवन दुवैमा शान्ति छाओस् : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरिशयनी एकादशीको शुभकामना व्यक्त गरेका

सोटो नेपालको अध्यक्षमा शाही चयन

काठमाडौं– नेपालका ट्राभल तथा टुर अपरेटरहरूकाे साझा संस्था सोसाइटी अफ

प्रधानमन्त्रीकै निर्देशनमा त्रिवि सिनेट बैठक स्थगित भएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको प्रति नेपाली कांग्रेसका

उत्कृष्ट इञ्जिनियरलाई पुरस्कृत गरिँदै, आवेदन दिन आज अन्तिम दिन 

काठमाडौं– नेपाल इन्जिनियर्स एशोसिएसनले ६३औँ इन्जिनियर दिवस विविध कार्यक्रमसहित साउन