गायक ढकालको बायोपिक हो फिल्म ‘मालती मङ्गले’ ? « Khabarhub

गायक ढकालको बायोपिक हो फिल्म ‘मालती मङ्गले’ ?


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक रामकृष्ण ढकालले फिल्म ‘मालती मङ्गले’ निर्माणको घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जालमार्फत फिल्म निर्माणबारे जानकारी दिएका हुन् ।

गायनमार्फत ख्याति कमाएका ढकाल फिल्मका लागि अपरिचित व्यक्ति होइनन् । उनको अभिनय रहेको फिल्म आशीर्वाद २०५८ सालमा प्रदर्शनमा आएको थियो ।

निर्माण घोषणा गर्दै ढकालले आफ्नो पहिलो फिल्मलाई स्मरण गरेका छन् । उनले भनेका छन्, ‘त्यो चलचित्र मेरो जीवनको अविस्मरणीय क्षणहरूमध्ये एक रह्यो । समय कति छिटो बित्दो रहेछ, आज त्यस क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ !’

उनले यस फिल्ममा आफू निर्माताको भूमिकामा मात्रै रहने बताएका छन् ।

ढकालले आफ्नो संगीतिक यात्राको कथालाई फिल्ममा उतार्न लागेको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘सङ्गीत मेरा निम्ति जीवन हो, र अहिले त्यो यात्रालाई चलचित्रमार्फत नयाँ रूप दिन लागिरहेको छु ।’

ढकालको बाल्यकाल सबैको चासोको विषय छ । उनले आफ्नो बाल्यकालबारे खुलेर कुरा गरेका छैनन् ।

फिल्मका कलाकार चयनको काम भने बाँकी रहेको बुझिएको छ । निकट भविष्यमा यसबारे जानकारी दिने उनले उल्लेख गरेका छन् ।

यो फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । चलचित्रको निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन् भने कार्यकारी निर्माताको रूपमा सागर ज्ञवाली रहनेछन् ।

ढकालले आफ्नो बाल्यकालदेखि संगीतमा सक्रिय छन् । उनले चार हजारभन्दा बढी गीतमा स्वर दिएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १० : २९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्