ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना « Khabarhub

ट्रम्पको पहलमा रुस-युक्रेन युद्ध विरामको सम्भावना

पुटिनसँगको फोन वार्तापछि ट्रम्पले भने- केही भूमि फिर्ता गर्नेगरी युद्ध विराम हुन्छ


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाडिमिर पुटिनसँग तत्काल भेट हुन आशा राखेको बताएका छन्। दुई देशका नेताबीच भएको फोन वार्तामा युक्रेन युद्ध अन्त्य गर्ने सवालमा छलफल भएपछि साउदी अरेबियामा पुटिनसँग भेट हुन सक्ने ट्रम्पले बताएका हुन्।

साथै ट्रम्प र क्रेमलिनका प्रवक्ता डिमिट्री पेसकोभले फोन वार्तामा दुवै देशका नेता एक आपसको देश भ्रमण गर्न चाहेको समेत बताएका छन्। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्स्कीले पनि समकक्षी अमेरिकीसँग एक घण्टा लामो फोन वार्ता भएको बताएका छन्।

तीन वर्ष अघि युक्रेन कब्जा गर्ने उद्देश्यमा साथ रुसले पूर्ण शक्ति लगाएर आक्रमण गरेको थियो। सो आक्रमणपछि रुसले युक्रेनको चार हजार वर्ग किलोमिटर भन्दा बढी भूमि कब्जामा लिइसकेको छ। साथै त्यसै समयमा दुवै देशले हजारौँ जान गुमाइसकेका छन्। यसरी मारिने मध्य धेरै सेना छन्।

यस अघि सन् २०१४ मा नै रुसले युक्रेनबाट त्रिमिया लिएको थियो। यस पटक आक्रमण गर्दै पूर्वी सीमाको लुहान्सक र डोहन्सटेकसम्म पुगेको थियो। यसअघि अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले सन् २०१४ कै समयमा फर्कनु युक्रेनका लागि असम्भव भएको बताएका थिए। ट्रम्पले रुसले केही भूमि फिर्ता गर्ने गरी युद्ध विराम हुने समेत बताएका छन्।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : ५४ बजे

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका