पाथीभरा आन्दोलन प्रभाव : ग्लोबल आइएमईले बढायो ब्याजदर « Khabarhub

पाथीभरा आन्दोलन प्रभाव : ग्लोबल आइएमईले बढायो ब्याजदर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि लागू हुने वाणिज्य बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदरमा ग्लोबल आइएमई बैंकले मात्रै ब्याजदर बढाएको छ ।

व्यक्तिगत मुद्दतीतर्फ माघ महिनामा अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको ग्लोबल आइएमईले फागुन महिनामा भने बढाएर ६ प्रतिशत दिने भएको हो ।

पछिल्लो समय पाथीभरामा केबलकार बनाउने विषयसँग आएको विवादमा ग्लोबल आइएमई बैंकलाई समेत जोडेर आन्दोलनकारीले विरोध गरिरहेका छन् ।

आन्दोलनकारीहरूले ग्लोबल आइएमई बैंकसँगको आर्थिक कारोबार समेत नगर्न भन्दै अभियान सञ्चालन गरेका कारण सो बैंकले फागुन महिनाका लागि ब्याजदर बढाएको हुनसक्ने अनुमान छ ।

अरु सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये माघ महिनाको तुलनामा लक्ष्मी सनराइज बैंकले फागुन महिनाका लागि ब्याजदर घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.७५ प्रतिशत ब्याजदर दिएको सो बैंकले फागुन महिनामा भने ५.५ प्रतिशत मात्रै दिने भएको छ ।

सञ्चालनमा रहेका अन्य १८ वटा वाणिज्य बैंकहरूले भने व्यक्तिगत मुद्दतीतर्फ माघ महिनाका लागि तय गरेको ब्याजदरलाई नै कायम गर्ने जनाएका छन् ।

माघ र फागुन महिनाका लागि बैंकहरूले तय गरेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ९ : १६ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्