नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ : मन्त्री पाण्डे « Khabarhub

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ : मन्त्री पाण्डे


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनु पर्ने बताएका छन् । 

उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भई नवीन बरालको ‘कर्णाली नदी: तीन देशका तस्बिरहरू’ प्रदर्शन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

मन्त्री पाण्डेले भने, ‘कर्णाली नदीको संरक्षण गर्ने,नदीहरूको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ ।’

नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरूको सम्बन्ध पनि भूगर्वसम्म रहने गर्छ । उनले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरी पूर्वाधार तथा भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए । 

उनले विकसित राष्ट्रहरूबाट असन्तुलित रूपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण वेशक्याम्प लगायतका हिमालहरुमासमेत हिउँ नभएको प्रति चिन्ता व्यक्त गरे  । 

मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए । उनले नेपाल जस्ता अल्पविकसित मुलुकहरूले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १२ : ४३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको