प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन « Khabarhub

प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तम्घास– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन्।

बिहीबार मालिका गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन्। सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरूको  उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलिप्याड निर्माण भएको बताए ।

देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताउँदै  हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

दोस्रो पटक गुल्मी आएका प्रचण्डको उपस्थितिले  यहाँका नागरिकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरूको भनाइ छ  ।  पालिका भित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरूलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूले प्रत्यक्ष साक्षात्कार गराएका हुन् ।

केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै छन्। त्यस पश्चात प्रचण्डले आजै  धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  १ : २३ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १