त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत, दुवैको लागत करिब ८६ करोड | Khabarhub Khabarhub

त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत, दुवैको लागत करिब ८६ करोड


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान र प्यारापिट बनाउन आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।

सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेको हो ।

मन्त्रालयले गत ५ मंसिरमा गरेको आह्वानअनुसार फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का लिएको छ।

प्यारापिटका लागि बिकेओआई–केसीडीसी–बिजी जेभी, टंगालले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ३१ गते पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति गरिसक्न निर्देशन दिएका थिए ।

यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।

नेपालले आईसीसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ५ : २० बजे

‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं – यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को

रुस–युक्रेन युद्धमा ‘बेपत्ता ५० हजार’ व्यक्तिको अवस्थाबारे अनुसन्धान भइरहेको छ : रेडक्रस

जेनेभा – युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

जनकपुर – जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

कास्की – उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा