फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश | Khabarhub Khabarhub

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालयलगायतका सचिवलाई बोलाउने आदेश गरेको छ ।

न्यायाधीश डा कुमार चुँडाल र महेश शर्मा पौडेलेको संयुक्त इजलासले आज एफोर्ट ल्याबका तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठ, अधिवक्ता विक्रम मिश्रले नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयलगायतलाई विपक्षी बनाई छुट्टाछुट्टै दायर गरेको रिट निवेदनमा उक्त आदेश गरेको हो ।

उक्त विषयमा छलफल गर्न मुख्य सचिव, सहरी विकास मन्त्रालयका सचिव, वन तथा वातावरण मन्त्रालयका सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, बागमती प्रदेश सरकारका मुख्यसचिव, स्थानीय तह हेर्ने सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, काठमाडौँ महानगरपालिका, ललितपुर महानरपालिका र भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आगामी चैत ११ गते अदालतले बोलाएको छ ।

कुहिने र नकुहिने फोहर संकलन र विसर्जनका लागि आवश्यक पूर्वावस्था, चुनौती एवं समाधानका उपाय, काठमाडौँ उपत्यका फोहर व्यवस्थापन सम्बन्धमा केन्द्र, प्रदेश र स्थानीय तहबाट अवलम्बन गरिने दीर्घकालीन उपायका विषयमा छलफल गर्ने  आदेशमा उल्लेख छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ५५ बजे

रेशम चौधरी पक्राउपछि राेकियो जनमत-नाउपाको एकीकरण 

काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकीकरण कार्यक्रम स्थगित

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्

कब्जियतको समस्या छ ? यसरी गर्न सकिन्छ आफैँले उपचार

काठमाडौं– मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग

तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली – तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती

स्थानीय तहबाटै अर्थतन्त्र बलियो बनाउनुपर्छ : प्रचण्ड

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री