मानव बेचबिखनका आरोपित तीन जना दोषी ठहर « Khabarhub

मानव बेचबिखनका आरोपित तीन जना दोषी ठहर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पोखरा– १४ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारेर बन्धक बनाई जबरजस्ती विवाह गराएको आरोपमा तीन जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको छ।

लमजुङ घर भई पोखरा महानगरपालिका–१६ बस्ने २२ वर्षीया सरु बिक, ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई अदालतले मानव बेचबिखनको अभियोगमा नभई बाल विवाह गराएको कसुरमा दोषी ठहर गरेको हो। यद्यपि उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो।

माघ २९ गते न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले चिनियाँ नागरिक चेनलाई १ वर्ष तथा अन्य दुई जनालाई ९ महिना कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

साउन २९ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले अनुसन्धान गर्दा विक र अधिकारीले आर्थिक लाभ लिई बालिकालाई चिनियाँ नागरिक चेनसँग विवाह गराइदिएको खुलासा भएको थियो। पीडित बालिकाले साउन १३ गते प्रहरीमा दिएको जाहेरी अनुसार दुई महिलाले आफूलाई फकाएर पोखराको विन्ध्यवासिनी मन्दिरमा विवाह गराएको उल्लेख गरेकी थिइन्। विवाहपछि उनीहरू लेकसाइडस्थित एक होटेलमा बसेका थिए। तर, सोही रात बालिका भागेर काठमाडौँ पुगेकी थिइन्।

साउन २९ गते मात्र उनले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अभियुक्त विक र अधिकारीले आर्थिक लाभ लिँदै चेनसँग विवाह गराइदिएको प्रमाण फेला परेपछि अदालतले मानव तस्करी नभई बाल विवाहको मुद्दामा दोषी ठहर गरेको हो।

सरकारी वकिलको कार्यालयले भदौ २३ गते उनीहरूमाथि मुद्दा दर्ता गरेको थियो। भदौ २५ गते न्यायाधीश कृष्णजंग शाहको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेशअनुसार उनीहरूलाई कारागार चलान गरी कानुनी प्रक्रिया अघि बढाइने छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै