मानव बेचबिखनका आरोपित तीन जना दोषी ठहर « Khabarhub

मानव बेचबिखनका आरोपित तीन जना दोषी ठहर


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पोखरा– १४ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारेर बन्धक बनाई जबरजस्ती विवाह गराएको आरोपमा तीन जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको छ।

लमजुङ घर भई पोखरा महानगरपालिका–१६ बस्ने २२ वर्षीया सरु बिक, ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई अदालतले मानव बेचबिखनको अभियोगमा नभई बाल विवाह गराएको कसुरमा दोषी ठहर गरेको हो। यद्यपि उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको थियो।

माघ २९ गते न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले चिनियाँ नागरिक चेनलाई १ वर्ष तथा अन्य दुई जनालाई ९ महिना कैद सजायको फैसला सुनाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

साउन २९ गते पक्राउ परेका उनीहरूलाई प्रहरीले अनुसन्धान गर्दा विक र अधिकारीले आर्थिक लाभ लिई बालिकालाई चिनियाँ नागरिक चेनसँग विवाह गराइदिएको खुलासा भएको थियो। पीडित बालिकाले साउन १३ गते प्रहरीमा दिएको जाहेरी अनुसार दुई महिलाले आफूलाई फकाएर पोखराको विन्ध्यवासिनी मन्दिरमा विवाह गराएको उल्लेख गरेकी थिइन्। विवाहपछि उनीहरू लेकसाइडस्थित एक होटेलमा बसेका थिए। तर, सोही रात बालिका भागेर काठमाडौँ पुगेकी थिइन्।

साउन २९ गते मात्र उनले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अभियुक्त विक र अधिकारीले आर्थिक लाभ लिँदै चेनसँग विवाह गराइदिएको प्रमाण फेला परेपछि अदालतले मानव तस्करी नभई बाल विवाहको मुद्दामा दोषी ठहर गरेको हो।

सरकारी वकिलको कार्यालयले भदौ २३ गते उनीहरूमाथि मुद्दा दर्ता गरेको थियो। भदौ २५ गते न्यायाधीश कृष्णजंग शाहको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। अदालतको आदेशअनुसार उनीहरूलाई कारागार चलान गरी कानुनी प्रक्रिया अघि बढाइने छ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ७ : ४२ बजे

जनताको निराशाबारे मनिष झाको टिप्पणी- सकारले अब कालो चस्मा खोल्नुपर्छ, आगो मात्रै निभेको हो, दाउरा निभेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह

नेपालभर ९५.५ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

काठमाडौं– नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा

सरकारको चौथो त्रैमासिक विवरण सार्वजनिक : चार महिनामा मन्त्रिपरिषद्का ३८४ निर्णय

काठमाडौं– सरकारले सुशासन, प्रशासनिक सुधार, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन,

काठमाडौंमा २४ घण्टामा १८१ सवारी चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक

करिब १ हजार ३ सय १५ किलो गाँजा बरामद

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जंगलबाट अवैध लागूऔषध गाँजा करिब १