एमालेको टिप्पणी- विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ | Khabarhub Khabarhub

एमालेको टिप्पणी- विपक्षी सरकारविरुद्ध झुटको खेतीमा लागेको छ


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्र लगायत प्रतिपक्षीले सरकारको विरुद्ध झुटको खेतीमा लागेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचारको सूचकमा नेपालको अवस्था १ अंक तल झरेर कमजोर भएको रिपोर्ट सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्र लगायतका विपक्षी दलका नेता कार्यकर्ताहरू वर्तमान सरकारका कारणले त्यसो भएको भनेर तिखो आलोचना गर्दै भ्रमको खेतीमा लागेका टिप्पणी गरेका छन् । 

सो रिपोर्ट सन् २०२४ को भएको उल्लेख गर्दै पोखरेलले सो वर्षको आधिभन्दा बढी समय माओवादी नेतृत्वको सरकार रहेको पोखरेलले स्पष्ट पारेका छन् । 

यसै वर्ष सुशासनका सन्दर्भमा प्रकाशित ६ वटा रिपोर्ट मध्ये तीनवटा रिपोर्टमा नेपालको अवस्था खस्किएको देखाइएको उनले स्मरण गराएका छन् । विश्वबैंक लगायत तीन वटाको रिपोर्टमा भने नेपालको अवस्थामा सुधार भएको देखिएको उनले स्पष्ट पारेका छन् ।

 ‘त्यस अर्थमा नेपालका सन्दर्भमा कुन रिपोर्ट भरपर्दो भन्ने कुरा आफ्नै ठाउँमा छ, तर बिग्रिएको तथ्यलाई नै आधार बनाउने हो भने पनि ठुलो हिस्सा पूर्ववर्ती सरकार र त्यसको नेतृत्वलाई जान्छ, होइन र रु’, पोखरेलले लेख्नु भएको छ ।  

पोखरेलले विगतको सरकारले काम गर्न नसकेकै कारण केपी ओली नेतृत्व कांग्रेस–एमालेको सरकार बनेको उनले स्पष्ट पारेका छन् ।

 ‘विगतको सरकारको काम ठिक नभएको र मुलुक संकटग्रस्त बन्न पुगेको निष्कर्षका आधारमा नै वर्तमान सरकार गठन भएको हो, दुई दलका बिचमा भएको ७ बुँदे सहमतिमा नै उक्त कुरा उल्लेख छ’, पोखरेलले लेखेका छन् ।

वर्तमान सरकार गठन भएपछि कानुनी, संरचनागत र कार्यशैलीमा सुधार गरेर सुशासन र सेवा प्रवाहमा जोड दिने काम भएको उनको दाबी छ । 

‘लगानी प्रवर्धन र आर्थिक सुधारमा जोड दिइएको छ, यसको प्रभाव र परिणामका लागि अर्को वर्षको रिपोर्ट पर्खनु पर्ला, होइन र रु’, पोखरेलले लेखेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : ३८ बजे

प्रज्ञा परिसरबाटै पक्राउ परे रेशम चौधरी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्

कब्जियतको समस्या छ ? यसरी गर्न सकिन्छ आफैँले उपचार

काठमाडौं– मल निष्कासनको स्वाभाविक आवृत्तिमा विलम्ब हुनु, नियमित रूपले मल त्याग

तल्लो सेती जलविद्युत् आयोजनाको ईआईए प्रतिवेदन मन्त्रालय पठाइयो

दमौली – तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती

स्थानीय तहबाटै अर्थतन्त्र बलियो बनाउनुपर्छ : प्रचण्ड

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

चीनमा ट्रम्प कर नीतिको प्रारम्भिक सङ्केत– कारखानाहरू सुस्त

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर नीतिको असर पहिले