७ महिनामा औद्योगिक क्षेत्रमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता | Khabarhub Khabarhub

७ महिनामा औद्योगिक क्षेत्रमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिना अवधिमा नेपालमा २४ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अर्थात् माघ मसान्तसम्म नेपालमा २४ अर्ब २१ अर्ब ३४ करोड ७६ लाख ४ सय रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

जसमध्ये २ अर्ब ६२ करोड ८२ लाख ५७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता अटोमेटिक रुटबाट आएको थियो । चालु आर्थिक वर्षको ७ महिनामा विदेशी लगानीकर्ताले नेपालमा विभिन्न क्षेत्रमा सञ्चालन हुने ३८६ वटा नयाँ उद्योगमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसमध्ये ४ वटा ठूला उद्योग, ७ वटा मझौला उद्योग र ३७५ वटा साना उद्योग हुनेछन् ।

विभागका अनुसार समीक्षा अवधिमा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा ६५ प्रतिशत, सेवा क्षेत्रमा २१ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ३ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रमा ८ प्रतिशत र कृषि क्षेत्रमा ३ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा सञ्चालनमा रहेका विभिन्न ४२ वटा उद्योगमा १ अर्ब ९४ करोड ५० लाख ४१ हजार ५०५ रुपैयाँ बराबरको शेयर खरिद गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

समीक्षा अवधिमा आएको विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा डेढ अर्ब भन्दा बढी रहेको देखिएको छ । गत वर्षको ७ महिना अवधिमा विदेशी लगानीकर्ताले नेपालमा २४१ वटा विभिन्न उद्योगमा २२ अर्ब ६८ करोड १५ लाख १७ हजार रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । 

जसमा ३ वटा ठूला, १२ वटा मध्यम र २२६ वटा साना उद्योग खोल्ने भनिएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ३८ बजे

मौलिक संस्कृतिको निरन्तरताका निम्ति पर्वहरू महत्वपूर्ण छन् : प्रदेश प्रमुख मियाँ

कैलाली– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मौलिक संस्कृतिको निरन्तरतका

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले

बैंक परिवर्तन हुँदा सामाजिक सुरक्षाभत्ता बुझ्न सास्ती

खोटाङ– बैंक परिवर्तन हुँदा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले गर्‍यो १०० घण्टामा एक लाख पिन्ट रक्त संकलन

काठमाडौँ – ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले १०० घण्टामा एक लाख

पर्यटकीय गन्तव्य बन्दै जन्तीढुङ्गा

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय