पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

फिक्कल– अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ । 

दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उहाँले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि  हुनेछ ।

सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : ५५ बजे

पुराना नेता र ‘जेनजेड’ पुस्ताको अपेक्षा

नेपालको राजनीति अहिले पनि पुराना अनुहारकै कब्जामा रहेको छ। दशकौँदेखि

मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत

महोत्तरी– मिथिला क्षेत्रमा आज बटुवालाई सातु र सर्वतले स्वागत गरिएको

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास

वाशिंटन – चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ वडा कार्यालयले वाडका ४६ जना