विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार « Khabarhub

विराटनगरमा शोरुमबाटै चोरियो ८० लाखको कार


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट शोरूमा राखिएको कार चोरी भएको छ।

विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित एयरपोर्टनजिक रहेको शोरुमबाट ७९ लाख ५० हजार रुपैपाँ पर्ने नयाँ कार चोरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओलीले शोरुममा रखिएको कार शुक्रबार सबेरै बिहान २ बजे चोरी भएको पुष्टि गरेका छन् ।

‘शोरुममा रखिएको कार चोरी भएको खबर आएको छ । अहिले हामी अनुसन्धानको चरणमा छौँ’, उनले खबरहबलाई भने, ‘शोरुमको शिशा इँटाले हानेर फुटाएपछि कार चोरेर लगिएको जानकारी सञ्चालकबाट आएको छ। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान र खोजतलास गरिरहेको छ ।’

विराटनगरको एयरपोर्टनजिक रहेको शोरूमबाट चोरी भएको भक्सवागन कारको बजार मूल्य ७९ लाख ५० हजार रुपैयाँ रहेको सञ्चालकले बताएका छन् ।

चोरीमा संलग्नले सबैभन्दा पहिले गेटको ताला फोडेका थिए । त्यसपछि शोरूमको शिशाको ठूलो ढोका इँटाले फुटाएर गएराति चोरी गरिएको हो ।

चोरिएको उक्त कार बागमती प्रदेश ०१०३० ८५८१ नम्बरको रहेको शोरुमका एकजना कर्मचारीले बताएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : २२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ