आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा « Khabarhub

आजदेखि ‘दुःखी आत्मा’ र ‘रंगी’ हलमा


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबारदेखि दीपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ र सुरेश न्यौपानेको डेब्यु निर्देशन रहेको ‘रंगी’ चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । फरक जनरा रहेको दुई चलचित्र एक साथ रिलिज हुँदा दर्शक भाँडिने चिन्ता निर्माता निर्देशकलाई परेको छ ।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको ‘दुःखी आत्मा’ यौन मनोविज्ञानमा आधारित चलचित्र हो । जसमा पुरुष पात्रमा दमित यौन कुण्ठालाई निर्देशक लामाले देखाउने प्रयत्न गरेका छन् । 

अर्कोतर्फ अभिनेता सलोन बस्नेतले पूर्वमिस नेपाल नम्रता श्रेष्ठलाई लिएर बनाएको ‘रंगी’ चलचित्र सामाजिक पारिवारिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रमा बाबु–छोरीको प्रेम, करुणा, स्नेह, जिम्मेवारी र समर्पणलाई देखाइएको छ ।

‘दुःखी आत्मा’ र ‘रंगी’ दुवै चलचित्रको टिजर र ट्रेलरलाई दर्शकहरूले अत्यधिक रुचाएका छन् । त्यसैले पनि दुवै चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 

यद्यपि ठूला स्टारकास्ट र ब्यानर भएकाले दीपेन्द्र लामाको निर्देशन रहेको ‘दुःखी आत्मा’ ले धेरै सोज पाएको छ । ‘रंगी’ चलचित्रले ‘दुःखी आत्मा’ को भन्दा आधा मात्र सो पाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  १२ : ३६ बजे

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा