साताको कार्टुन : ओलीको अध्यादेश, ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’ « Khabarhub

साताको कार्टुन : ओलीको अध्यादेश, ‘हात्ती छिर्‍यो, पुच्छर अड्क्यो’


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत पुस महिनामा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशका कारण राजनीतिक संकट बढ्दै गएको छ।

नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर साना दलको समेत दुईतिहाइ नजिकको सरकारलाई अध्यादेश पारित गर्ने अवस्था नहुँदा नैतिक संकट परेको छ ।

खासगरी ओली नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालका कारण तनाव भएको छ । राष्ट्रियसभामा तीन सिट रहेको जसपाले खासगरी माघ २ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिने निर्णय गरेपछि तनाव बढेको हो ।

यादवले सरकारमा बार्गेनिङसहित विपक्षमा उभिने बताएपछि ओलीका लागि टाउको दुखाइ भएको छ । जसपा पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि अध्यादेशलाई समर्थन गर्न नसक्ने बताएको छ । लोसपा त अझ सरकारमै सहभागी छ ।

माघ १८ गते नै संसद्मा लगेर पारित गराउने योजनामा रहेका ओलीलाई दिन जति जति ढल्किँदै जाँदैछ, उतिउति दबाब पनि पर्दैछ । सरकारले अध्यादेशलाई संसद्‍बाट पारित गर्ने समय ६० दिनको हो । यो ६० दिनभित्र अध्यादेश पारित नगरेर सरकारलाई पनि समस्या हुन्छ । अध्यादेश फेल भएमा दुईतिहाइको सरका हल्लिने जोखिम पनि छ ।

ओलीले ६ वटै अध्यादेश पारित गर्न प्रतिनिधिसभामा समस्या छैन । राष्ट्रियसभामा पनि ३ देखि ४ सिट अभाव छ । यस्तोमा यो अध्यादेशको हात्ती ओलीले संसद्‍मा छिराइसके पनि पुच्छर भने उपेन्द्र यादवले ढोकामा समातेर बसिदिँदा दुईतिहाइको सरकारलाई तनाव भएको छ । यही सन्दर्भमा यो कार्टुनमार्फत् उपेन्द्रको अडान र ओलीको संकटलाई देखाउन खोजिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : १५ बजे

हङकङको आवासीय भवनमा आगलागीः १३ जना पक्राउ

हङकङ – हङकङको वाङ फुक कोर्टमा आगलागीमा लापरवाही गरेको आरोपमा

‘जेनजी’ सहिद परिवारलाई परिचयपत्र दिइने

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा

२४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेश

काठमाडौं– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत

सरकारद्वारा भदौ २३ लाई ‘जेन-जी शहीद दिवस’ घोषणा

काठमाडौं– सरकारले प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन-जी शहीद दिवसको