मधेसको कथामा चलचित्र ‘राजागंज’ « Khabarhub

मधेसको कथामा चलचित्र ‘राजागंज’


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनुषाधाम – चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले आज सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दोलनलाई प्रमुख विषयवस्तु बनाइएको छ ।

चलचित्रमा मधेसकै पात्रहरुको बाहूल्यता देखिन्छन् । प्रमुख पात्रहरूकै रूपमा इन्द्रकुमार मधेसानन्द र सरोज मास (सरोज मिश्र)ले अभिनय गरेका छन् । त्यसैगरी पत्रकार घनश्याम मिश्र र आरती मण्डलले पनि उक्त चलचित्रमा अभिनय गरेका छन् । नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य रिङ्कु मिश्र एक नेतृको भूमिकामा चलचित्रमा देख्न पाइने जनाइएको छ । उनकी छोरी अतिथि प्रियाले पनि बाल कलाकारको रूपमा अभिनय गरेका छन् ।

चलचित्रका प्रमुख पात्रका रुपमा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेका छन् ।

निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसक्नुभएको छ । निर्देशक रौनियारका अनुसार यो चलचित्र मधेसको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजको ऐना हो । उनले भने, “फिल्ममा हामीले मधेस आन्दोलनको पृष्ठभूमि मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीलाई यथार्थपरक रूपमा प्रस्तुत गरेका छौँ ।”

निर्देशक रौनियारले यो फिल्म मधेस र पहाडबीचको पुल बन्ने विश्वास व्यक्त गरे । नेपाली चलचित्रमा महिलालाई जहिल्यै सहायक पात्रमा देखाइने परिपाटी तोड्दै, मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रिचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा भनेका छन्, “यो त ‘राजागंज’ नभएर ‘रानीगंज’ हुनुपर्ने हो ।”

नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देशसहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : ५० बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला