९९ वर्षमा आँखाको ज्योति फर्किएपछि … « Khabarhub

९९ वर्षमा आँखाको ज्योति फर्किएपछि …


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्वत  कुश्मा –४ की ९९ वर्षीया विष्णुमति दमाईको खुसीको सीमा छैन । दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।

उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो । उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रियापछि पुनः संसार देख्न पाएकी छिन् ।

उनले भनिन्,  ‘सात–आठ वर्षअगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भएँ । मलाई बिहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ ।’  उनको हेरचाह नातिनीले गरिरहेकी छिन् ।

दुई वर्षदेखि पूर्णरुपमा अरुकै सहरामा जीवन निर्वाह गरिरहेकी विष्णुमतिले पुनः संसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सकलाई धन्यवाद दिइन् । उनले भनिन्, ‘अब यो जुनिमा फेरि संसार देख्न पाउँछुजस्तो लागेको थिएन । मलाई सहारा दिने नातिनीको अनुहार नै नदेखी मर्छु जस्तो लागेको थियो । तर, अहिले सबै देख्न पाए शरिर कमजोर भए पनि अब अरुको बोझ बन्नु पर्दैन भन्ने लागेको छ ।’

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, रेज होप फाउन्डेसन यूकेको आर्थिक सहयोग तथा पर्वतमा रहेका विभिन्न लायन्स क्लबको समन्वयमा प्रदेश अस्पताल कुश्मामा सञ्चालन गरिएको निःशुल्क शिविरबाट विष्णुमति जस्तै १५४ जना मोतिबिन्दुका बिरामीले निःशुल्क शल्यक्रिया गरिएको थियो ।

हिमालय आँखा अस्पतालका बाह्यय कार्यक्रम संयोजक सुवाश नेपालका अनुसार पर्वत जिल्लाका विभिन्न ८ स्थानमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरबाट छनोट गरिएका १५४ जना मोतिबिन्दुका बिरामीको गत माघ २९ गतेदेखि यही फागुन १ गतेसम्म निःशुल्क शल्यक्रिया गरिएको हो ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : ५४ बजे

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१