कैदीबन्दीलाई ढाका बुनाइ तालिम « Khabarhub

कैदीबन्दीलाई ढाका बुनाइ तालिम


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– यहाँको कारागारमा रहेका कैदीबन्दीलाई आयआर्जनमा जोड्न ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीलाई सीप विकास गरेर आर्थिक रूपमा आत्मनिर्भर बनाउन ढाका कपडा बुनाइ सीप विकास तालिम सञ्चालन गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कैदीबन्दीलाई एक महिने तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताए। उहाँका अनुसार सीप सिकेर सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी अगाडि बढाउन सकिने भएकाले तालिम महत्त्वपूर्ण छ । सोहीअनुसार सीप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गरे ।

कुनै पनि मानिसले कुनै प्रकारका सीप सिक्नु भनेको ज्ञान बढ्नु, सीप बढ्नु स्वरोजगार बन्नु र व्यक्ति विशेष मात्र नभई राज्यका लागि फाइदाजनक हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए। 

सीपले आत्मबल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। 

सो कारागारमा अहिले ९६ जना कैदीबन्दी छन् । त्यसमध्ये पुरुष ९० र महिला छ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : ५२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको