देशको बिग्रँदो अवस्था सुधार्न नयाँ सरकार गठन भएको हो : अर्थमन्त्री | Khabarhub Khabarhub

देशको बिग्रँदो अवस्था सुधार्न नयाँ सरकार गठन भएको हो : अर्थमन्त्री


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । 

गण्डकी प्रादेशिक कार्यालय भवनको आज पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताए।

देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्ने गरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले उल्लेख गरे।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सामर्थवान छ भने। 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको स्पष्ट पारे । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटक पटक बैठक तथा छलफल भइरहेको भन्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर छ भने ।

सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेश उद्योग, कृषि तथा पर्यटन विकासका प्रचुर सम्भावना रहेको बताउँदै यी क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरे।

प्रतिनधिसभा सदस्य दामोदर वैरागीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा गएको बताए।

बैंकका सञ्चालक लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य प्रकाश बराल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले देशको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाको  भूमिका महत्त्वपूर्ण रहेको बताए।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : २७ बजे

गणतन्त्रको विकल्प अर्को व्यवस्था हुन सक्दैन : प्रचण्ड

कञ्चनपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदका सपना

प्रि ओपन सेसन : झिनो अङ्कले घट्याे नेप्से

काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा