तोरीखेतीतर्फ आकर्षित भद्रपुरका किसान | Khabarhub Khabarhub

तोरीखेतीतर्फ आकर्षित भद्रपुरका किसान


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भद्रपुर नगरपालिकाको तेलहनखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत तोरीखेतीतर्फ यहाँका किसानको आकर्षण बढेको छ । 

नगरपालिकाका कृषि विकास अधिकृत सुमन विमलीका अनुसार पाँच हजार एक सय कट्ठा जमिनमा तोरीखेतीका लागि एक सय ४२ कृषक, कृषक समूह र कृषि सहकारीले आवेदन दिएका छन् ।

चालु आव २०८१÷८२ मा नगरपालिकाले प्रतिकट्ठा एक हजार अनुदान दिने योजना ल्याएको छ । स्थानीय तहले जग्गा वर्गीकरणपछि वास्तविक किसानलाई मात्र अनुदान प्रदान गरिने व्यवस्था गरिएको हुँदा दुरुपयोग रोक्न सहज हुने अधिकृत विमलीले जानकारी दिए। 

भद्रपुर–१ किचकबधका किसान चन्द्र सुब्बाले अनुदान रकम बढेकाले थप १० कट्ठा जमिनमा तोरीखेती विस्तार गरेको बताए। अनुदानले उत्पादन लागत कम गर्न र खेतीलाई आकर्षक बनाउन सहयोग पुग्ने उनको भनाइ छ । 

स्थानीय किसान समीर रायमाझीका अनुसार नगरपालिकाबाट प्राप्त अनुदान प्रविधि र बालीको उचित हेरचाहमा खर्च हुने भएकाले खेती सुरक्षित रहने विश्वास गरिएको छ । विगतमा खेती गर्दा लागत खर्च निकाल्न नै समस्या पर्ने गरेको र नगरपालिकाको अनुदानले राहत मिलेको उनले बताए। 

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७९-८० मा न्यूनतम १० कट्ठा तोरीखेती गर्ने किसानलाई प्रतिकट्ठा रु छ सय अनुदान दिने नीति अवलम्बन गरिएपछि तोरीखेतीको क्षेत्रफल क्रमशः बढिरहेको छ । यद्यपि तोरीखेतीको विस्तार भए पनि स्थानीय उपभोक्ता अझै पनि आयातित तोरी नै खरिद गर्न बाध्य रहेको स्थानीय उपभोक्ता किरण पोखरेल बताउँछन् ।  

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १ : ३४ बजे

प्रोसेस बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

काठमाडौं – प्रोसेस पाण्डेले ‘द भ्वाइस अफ नेपाल’को छठौं सिजनको

‘तोप चलाउने’ सरकारको ‘झिँगा मार्ने’ कार्यक्रम !

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नेपाल सरकारको

‘के घर के डेराः घर नं २’ को ट्रेलर- घरधनी र डेरावालको कथा

काठमाडौं – दीपेन्द के खनाल निर्देशित मल्टिस्टार फिल्म ‘के घर

निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो

आँखाको उपचार सेवा विस्तार गर्न ‘स्पेक्स–२०३०’ हुने

काठमाडौं – नेपालमा आँखा उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले