चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू) « Khabarhub

उद्घाटन र घोषणा मोह

चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।

समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए – नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।

उद्‌घोषक मञ्चमा भट्याउँदै गर्दा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र भ्रमण वर्षकै लोगो अनावरण गर्न खोज्दै थिए ।

प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘स्पार्क मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो ।

उद्घोषक भन्दै थिए –

‘यो विज्ञान र प्रविधिको शताब्दी हो, अहिले एआई (कृत्रिम बौद्धिकता)ले धेरै फड्को मारिरहेको बेलामा हामी कम्तिमा प्रविधिमा जानुपर्छ । यहाँहरूले ठाउँठाउँबाट प्रज्वलन भएको देखिरहनुभएको छ । स्वीच अन भइसकेको छ, जोडदार ताली…त्यहाँ पानस माथि उठिराखेको छ र…बल्यो । ताली ताली…जोडदार तालीका साथ…पोखरा भ्रमण वर्षको हामी लोगो अनावरण गर्दैछौँ । यसलाई पनि स्वीच अन गरेर…यो यो…हामी…’

स्पार्क मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा ।

मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति-प्रज्वलनशील हाइड्रोजन भरिएको बेलुको एक-एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ-बायाँ, अघि-पछि चारैतिर स्पार्क मेसिनले आगो ओकलिरहेको थियो ।

उद्घोषकको बोली एकाएक रोकियो । किनकी भ्रमण वर्षको लोगो झुण्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरद्वयले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन बिस्फोट भइसकेको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।

उद्घोषकले हौसिँदै भनिरहेको ‘विज्ञान र प्रविधिको शताब्दी’का मन्त्री र मेयरले सुरक्षा असावधानीयुक्त मञ्चमा उद्घाटन र घोषणा गर्न ठूलो दुर्घटना ब्यहोरे । आगोको लप्कामै परेर जलेको अनुहार लिएर उनीहरू मञ्चमा कुद्न थाले ।

आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्‍याए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइयो ।

पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई काठमाडौं ल्याइयो ।

यतिखेर पौडेल र आचार्य दुबै जनालाई काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ ।

थप उपचारका लागि काठमाडौं उड्नै लाग्दाको तस्बिरमा अर्थमन्त्री पौडेलको बायाँ हातमा सेतो पट्टी (ब्यान्डेज) बेरिएको देखिएको छ । उनको अनुहारमा पनि आगोले पोलिएको तस्बिरमा देखिन्छ । महानगर प्रमुख आचार्यको अनुहार पनि आगोले पोलिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ४२ बजे

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति