योजना छनोट प्रभावकारी बनाइनेछ : मुख्यमन्त्री आचार्य « Khabarhub

योजना छनोट प्रभावकारी बनाइनेछ : मुख्यमन्त्री आचार्य


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाउने बताएका छन्। उनले आवधिक योजना र आयोजना बैंकमार्फत मात्रै योजना छनोट प्रक्रिया अघि बढाइने बताए। 

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी प्रदेश विकास परिषद्को बैठकलाई आज लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनालाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए। 

‘प्रदेश सरकारले तथ्यांकका आधारमा योजना बनाउँछ’, उनले भने, ‘तथ्यांक र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्नेछ ।’

प्रदेश सरकारले नयाँ योजना थप्नेभन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रूपमा महत्त्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पुर्‍याउने योजनालाई प्राथमिकतामा राख्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।

आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुअघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावलाई समेटिने मुख्यमन्त्री आचार्यले बताए। 

प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणले गति लिएको, गाउँ सहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको उनको भनाइ थियो । 

कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दल नेता जोखबहादुर महरालगायत वक्ताहरूले सम्बोधन गर्दै योजनाबद्ध विकास र प्रदेशका प्राथमिकताका आधारमा आवधिक योजनाले दिशा निर्देश गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ०६ बजे

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर