प्रचण्डको आरोप- ओली शक्तिमा पुग्नेवित्तिकै संविधान च्यात्न खोज्नुहुन्छ « Khabarhub

प्रचण्डको आरोप- ओली शक्तिमा पुग्नेवित्तिकै संविधान च्यात्न खोज्नुहुन्छ


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रित गरेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डले उनलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रण गरेका हुन् ।

‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, त्यो संविधान च्यात्न खोज्नुहुन्छ,’ शनिबार माओवादीको दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘किनकी यो संविधान उहाँलाई मन परेको छैन ।’

प्रचण्डले प्रधानमन्त्री ओलीलाई संघीयता र उत्पीडित समुदायले संविधानमार्फत् पाएको अधिकार मन नपरेकोसमेत टिप्पणी गरे ।

‘संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ उनले भने, ‘केही शक्तिहरु अहिले पनि कहीँ न कहीँ प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डासहित देशव्यापी अभियान थालेको स्मरण गराउँदै प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी अभियानको रुपमा अघि बढाउने बताए ।

‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर

आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ प्रचण्डले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’
आफूले जनयुद्धमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : १९ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट