प्रचण्डको आरोप- ओली शक्तिमा पुग्नेवित्तिकै संविधान च्यात्न खोज्नुहुन्छ « Khabarhub

प्रचण्डको आरोप- ओली शक्तिमा पुग्नेवित्तिकै संविधान च्यात्न खोज्नुहुन्छ


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रित गरेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डले उनलाई सत्तामा पुग्दा संविधान च्यात्न खोज्ने नेताका रूपमा चित्रण गरेका हुन् ।

‘अहिलेका प्रधाननमन्त्री जतिबेला शक्ति पुग्नुहुन्छ, त्यो संविधान च्यात्न खोज्नुहुन्छ,’ शनिबार माओवादीको दमक नगर समितिको दोस्रो अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘किनकी यो संविधान उहाँलाई मन परेको छैन ।’

प्रचण्डले प्रधानमन्त्री ओलीलाई संघीयता र उत्पीडित समुदायले संविधानमार्फत् पाएको अधिकार मन नपरेकोसमेत टिप्पणी गरे ।

‘संघीयता र उत्पीडित समुदायले अधिकार पाएको उहाँलाई मन परेको छैन,’ उनले भने, ‘केही शक्तिहरु अहिले पनि कहीँ न कहीँ प्रतिगमन चाहन्छन् । हामी जनताको अधिकार अझै थप गर्नुपर्छ भन्ने पक्षमा छौँ ।’

तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेन्डासहित देशव्यापी अभियान थालेको स्मरण गराउँदै प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी अभियानको रुपमा अघि बढाउने बताए ।

‘मैले सरकारको नेतृत्व गर्दा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा, विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक संकटबाट देशलाई मुक्त गरेर

आर्थिक सुधारको वातावरण बनाउन जुन अभियान थालेको थिएँ, अब यो पार्टी र जनताको अभियान बनेको छ,’ प्रचण्डले भने, ‘यो निरन्तर अघि बढ्ने छ ।’
आफूले जनयुद्धमार्फत् संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : १९ बजे

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

आप्रवासन नियममाकडाइ गरेपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ

ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी

‘प्रतिनिधिसभा फर्काएर संविधान संशोधन गरौँ, चुनावले मात्रै देशलाई निकास दिँदैन’

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा डा. चन्द्र भण्डारीले पनि