तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँछौँ : उपप्रधानमन्त्री सिंह


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीयताको मूल भावनाअनुसार संघ, प्रदेश र स्थानीय तहका सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको बताएका छन् । 

बुटवल उपमहानगरपालिकाको ६६औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै नेपाली कांग्रेस र नेकपा एमालेसहितका दल मिलेर सरकार गठन गरेको बताए । 

‘राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकताअनुसार संसदका दुई ठूला दल मिलेर सरकार बनेको छ । कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ सिंहले भने, ‘संघीयताको मूल भावनाअनुसार तीनै तहका सरकारलाई पूर्ण अधिकारसम्पन्न बनाउन सरकार लागिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले अब सहरहरूको विकास गर्दा नागरिकलाई चाहिने न्यूनतम सुविधा दिन सक्नुपर्ने भन्दै नागरिकको जीवन सहज बनाउने गरी सहरलाई अघि बढाउनुपर्ने बताए । 

बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै उनले धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको बताए । आर्थिक गतिविधि मात्र नभएर बुद्ध जन्मस्थल लुम्बिनीदेखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाइ थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : २० बजे

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय

सरसफाइमा ‘जेन-जी’

काठमाडौं– परिवर्तनका विभिन्न एजेन्डा लिएर प्रदर्शनमा उत्रिएका ‘जेन-जी’ले यही भदौ

जनताको जीउधनको रक्षा र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न बारको आग्रह

काठमाडौं– नेपाल बार एसोसिएसनले आम जनताको जीउधनको रक्षा र राष्ट्रिय

मिटिङ बसिरहेका छौँ, देशलाई समृद्ध बनाउने एजेन्डा आउँछ : अनिल बानियाँ

काठमाडौं– जेन-जी पुस्ताको अहिले भर्चुअल बैठक बसिरहेको छ। भर्चुअलमार्फत बैठक

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक