इजरायलद्वारा प्यालेस्टाइनी कैदीहरू रिहा | Khabarhub Khabarhub

इजरायलद्वारा प्यालेस्टाइनी कैदीहरू रिहा


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्रोही समूह युद्धविराम सम्झौताप्रति भइरहेको आशंकाका बीच इजरायलले केही प्यालेस्टाइनी कैदीहरू रिहा गरेको छ । 

हमासले तीन जना इजरायली बन्धक रिहा गरे लगत्तै इजरायलले शनिबार प्यालेस्टाइनी कैदीहरू रिहा गरेको हो । 

इजरायलले प्यालेस्टाइनी कैदी रिहा हुनुपूर्व लामो समयदेखि बन्धक रहेका अलेक्जेन्डर ट्रोफानोभ, येर हर्न र सागुई डेकेल–चेनलाई रिहा गरेको बीबीसीले जनाएको छ । 

हालै हमासले इजराइलविरुद्ध युद्धविराम सम्झौताको शर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइ रोक्ने चेतावनी दिएको थियो । 

हमासको उक्त बयानलाई इजरायलले पनि युद्धविराम सम्झौताको पूर्ण उल्लंघन भनेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ४ : ३७ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको